नेभिगेशन
समाज

ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी

काठमाडौँ ।  ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्दै अश्लील हर्कत गर्ने व्यक्ति सुरेन्द्र भट्ट रहेको खुलेको छ । 


बैतडीका उनी सरकारी कर्मचारी समेत रहेको ललितपुर प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

Marvel
Extreme Energy

बाटोमा हिँडिरहेकी एक युवतीमाथि बीचबाटामै अश्लील हर्कत गर्ने  भट्टको भिडियो एक युवतीले टिकटक मार्फत सार्वजनिक गरेकी थिइन्  ।

पीडित युवतीले आइतबार साँझ टिकटकमा अपलोड गरेको भिडियो अहिलेसम्म लाखौँले हेरेका छन्। 

ललितपुरको इमाडोल क्षेत्रमा साँझपख एक युवती बाटोमा एक्लै हिँडिरहेकी हुन्छिन् ।  हठात उनीमाथि एक पुरुषले अश्लील हर्कत गर्छन् । त्यसरी एक्लै हिडिरहेकी युवतीलाई बीच सडकमै ती युवकले आफ्नो गोप्य अंग देखाउँछन् । 

वरपर सहायत पनि माग्छिन् । ती युवतीको गुहार सुनेर अर्का एक युवाले अश्लील हर्कत गर्ने युवकलाई समाउँछन् । बल्ल युवतीले राहतको सास फेर्दै माफी माग्न भन्छिन् र खुट्टा ढोगाउँछिन् । 

ती हर्कतकारीले पनि माफी माग्दै युवतीको खुट्टा ढोगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

अकस्मता आइपरेको दुर्व्यवहारजन्य घटनामा पनि युवतीले आफूलाई सम्हाल्दै गुहार माग्छीन् । उनले त्यस युवकको हर्कतको भिडियो बनाउँछिन् । 

टिकटकमा भिडियो पोस्ट गर्दै पीडित युवतीले घटना विवरणमा लेखेकी छन्,'आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्‍यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।'

उनले थप लेखेकी छन्, 'त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझुन् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्तिले सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।'

प्रहरीले अश्लील हर्कत गर्ने युवाको खोजी गरिरहेको जनाएको छ । प्रहरीका अनुसार पीडित युवतीले इमाडोल प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीले युवतीको घटनास्थलेको पोस्ट गरेको भिडियो, सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाएको थियाे । 

यो घटनाले दिनदहाडै सार्वजनिक स्थलमा महिलाहरुले भोग्नु परेको यौनजन्य हर्कतको सामुन्नेमा ल्याएको छ ।  यसले शहरी शान्तिसुरक्षामा समेत प्रश्न उठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताइन् ।
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
...त्यसपछि नरेशले स्वीकारे अपराध

...त्यसपछि नरेशले स्वीकारे अपराध

तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने