नेभिगेशन
सबै कुरा

शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते

काठमाडौँ । शनिबार दाङ, काठमाडौँ र बागलुङमा भएको छुट्टाछुट्टै दुर्घटनामा बालबालिका सहित २० जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएका छन्।

गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । 

Global Ime Bank

दुर्घटनामा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, हेटौंडाका ३० वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दननाथका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमको गोतामकोटका २५ वर्षीय दिपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम, काठमाडौँको चन्द्रागिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका ३१ वर्षीय मुनेको मृत्यु भएको छ। यस्तै चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको पनि मृत्यु भएको छ । 

दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरूको अनुहार, हात र ढाडमा चोट लागेको छ। सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। उनीहरूको घोराही, बुटवल र नेपालगञ्जमा उपचार भइरहेको छ।


त्यस्तै, शनिबार दिउँसो काठमाडौंबाट मकवानपुरको चित्लाङतर्फ जाँदै गरेको प्र ३०१-२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा काठमाडौँको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँको लाजिम्पाटका डा‍. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको घटनास्थलमै ज्यान गएको थियो। घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको भने उपचारका क्रममा बयोधा अस्पतालमा ज्यान गएको हो । 

दुर्घटनामा डा. सृष्टी तिवारी गौतम घाइते भएकी छन्। उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 


यस्तै  शनिबार बिहान बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्ती मगर र काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ की २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीन जना गम्भीर रहेका छन्। गम्भीर घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । 

त्यस्तै काठमाडौँकै नागार्जुन नगरपालिका ४ बाफलस्थित सोल्टी दोबाटो नजिक बा‍ ९१ प १५९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...