नेभिगेशन
सबै कुरा

शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते

काठमाडौँ । शनिबार दाङ, काठमाडौँ र बागलुङमा भएको छुट्टाछुट्टै दुर्घटनामा बालबालिका सहित २० जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो भने २३ जना घाइते भए । 

Ncell
Extreme Energy

दुर्घटनामा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, हेटौंडाका ३० वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दननाथका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमको गोतामकोटका २५ वर्षीय दिपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम, काठमाडौँको चन्द्रागिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका ३१ वर्षीय मुनेको मृत्यु भएको छ। यस्तै चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको पनि मृत्यु भएको छ । 

दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरूको अनुहार, हात र ढाडमा चोट लागेको छ। सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। उनीहरूको घोराही, बुटवल र नेपालगञ्जमा उपचार भइरहेको छ।


त्यस्तै, शनिबार दिउँसो काठमाडौंबाट मकवानपुरको चित्लाङतर्फ जाँदै गरेको प्र ३०१-२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा काठमाडौँको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँको लाजिम्पाटका डा‍. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको घटनास्थलमै ज्यान गएको थियो। घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको भने उपचारका क्रममा बयोधा अस्पतालमा ज्यान गएको हो । 

दुर्घटनामा डा. सृष्टी तिवारी गौतम घाइते भएकी छन्। उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 


यस्तै  शनिबार बिहान बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्ती मगर र काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ की २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीन जना गम्भीर रहेका छन्। गम्भीर घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । 

त्यस्तै काठमाडौँकै नागार्जुन नगरपालिका ४ बाफलस्थित सोल्टी दोबाटो नजिक बा‍ ९१ प १५९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...