नेभिगेशन
समाज

एडीबीले नेपाललाई थप तीन खर्ब सहयोग गर्ने

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा तीन वर्षमा थप तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने बताएको छ । 

एडीबीका अध्यक्ष मासातो कान्दाले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता पछि एडीबीले सन २०२५/२०२९ को नेपालका लागि कन्ट्री पार्टनरसिप स्ट्राटेजीअन्तर्गत कुल २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) सहयोग परिचालन गर्ने योजना रहेको जानकारी गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एडीबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा एडीबी अध्यक्ष कान्दा र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको उल्लेख गर्दै एडीबीले प्रकाशन गरेको बक्तव्यमा भनिएको छ, ‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ। सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलरसम्म (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) पुग्ने अपेक्षा गरिएको छ।’ 

Ncell
Extreme Energy

नेपालमा थप रोजगारी सिर्जना गर्न, व्यवसाय सुदृढीकरण र नेपालभरका समुदायको जीविकोपार्जनमा सुधार गर्नका लागि उक्त सहयोगको प्राथमिकता रहने एडीबीले उल्लेख गरेको छ। 

प्रधानमन्त्री शाहसँग भेटेपछि अध्यक्ष कान्दाले सामाजिक सञ्चाल एक्समा नेपालका प्रधामन्त्रीको भिजनलाई व्यावहारिक कार्यान्वयनमा सघाउन एडीबीको सहयोग परिचालन हुने उल्लेख गरेका छन्। 

शाह र कान्दाबीचको भेटमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी विस्तारमा एडीबीको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बनाइएको छ। 

‘नेपाल अहिले आफ्नो अर्थतन्त्रलाई अझ गतिशील र उत्थानशील बनाउने ऐतिहासिक अवसरको मोडमा उभिएको छ,’ कान्दालाई उदृत गर्दै वक्तव्यमा भनिएको छ, ‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ। यस वर्ष वार्षिक ऋण प्रवाह ६६ करोड अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ।’

कान्दाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँगको भेटमा नेपालले गरिरहेको सुधार, व्यावसायिक वातावरण, लगानी परिचालन तथा आर्थिक वृद्धि र उत्थानशीलता प्रवद्र्धनका लागि सरकारका प्राथमिकतामा एडीबीको सहयोगबारे छलफल भएको थियो।

कान्दाको नेपाल भ्रमणको क्रममा वार्षिक प्रतिबद्धताअन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर(९१६५ मिलियन डलर) बराबरका दुई वटा ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। तीमध्ये ११ करोड ५० लाख डलरको परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो र सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने कार्यक्रममा खर्च हुनेछ। 

त्यस्तै, ५ करोड अमेरिकी डलर ऋण भने नेपालको सीमावर्ती व्यापार प्रणालीलाई आधुनिकीकरण गर्दै डिजिटलीकरण र प्रक्रियागत सरलीकरणमार्फत व्यवसायको लागत घटाउने, कार्यक्षमता बढाउने र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने काममा खर्च हुनेछ। अध्यक्ष कान्दाले नेपालमा एडीबीको लगानीमा सञ्चालित विभिन्न परियोजनाको स्थलगत अवलोकन पनि गरेका छन्। 

त्यसैगरी, कान्दाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योससँगै काठमाडौँको विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गरेका थिए। 

त्यसैगरी, २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको विश्व निकेतन स्कूलको अवलोकन पनि कान्दाले गरेको थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।