नेभिगेशन
सबै कुरा

कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका दुवै दुर्घटनामा आठ जना घाइते भएका छन्।

शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । 

Global Ime Bank

त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

यस्तै शनिबार नै झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो । दुर्घटनामा  कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र  कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । 

शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी पत्नी विद्या भण्डारीले यसै कार्यक्रमबाट सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्देश दिने तयारी गरेको खबर बाहिरिएसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।
घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्। रासस