नेभिगेशन
समाज

सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिव पदमा सचिव गोविन्द बहादुर कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  

कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रुपमा कार्यरत छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ८ निर्णयहरुः 

Ncell
Extreme Energy

१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय 

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत 

४. ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत 

५. कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत 

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत 

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत 

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।