नेभिगेशन
समाज

गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । काठमाडौँ । सरकारले कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेपाल सरकारको मुख्यसचिव पदमा सचिव गोविन्द बहादुर कार्की नियुक्त भएका छन् । कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रुपमा कार्यरत छन् । 

Marvel
Extreme Energy

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ८ निर्णयहरुः 

१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय 

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत 

४. ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत 

५. कारागार नियमावलीः ’कारागार नियमावली, २०८३’ स्वीकृत 

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत 

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत 

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।