नेभिगेशन
समाज

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

उदयपुर । कटारी नगरपालिकाले स्वास्थ्य सेवा तथा उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै नगरभित्र सञ्चालित फार्मेसी, पोलिक्लिनिक, किराना पसल तथा नेत्र क्लिनिकमा संयुक्त अनुगमन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गरिएको अनुगमनका क्रममा १७ वटा फार्मेसी तथा पोलिक्लिनिक, पाँच वटा किराना पसल र दुई वटा नेत्र क्लिनिकको निरीक्षण गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार अनुगमनको मुख्य उद्देश्य आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणलाई प्रचलित कानुनअनुसार व्यवस्थित गर्नुका साथै फार्मेसी तथा पोलिक्लिनिकले सरकारले तोकेको न्यूनतम सेवा मापदण्ड पालना गरे,नगरेको मूल्याङ्कन गर्नु रहेको थियो।

Ncell
Extreme Energy

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा जथाभावी बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ।

कटारी नगरपालिकाकी पब्लिक हेल्थ नर्स चोलुङ नुमा थाम्सुहाङले नवजात तथा शिशुका लागि आमाको दूध नै सबैभन्दा सुरक्षित, पोषिलो र उपयुक्त आहार भएकाले स्तनपान प्रवर्द्धनमा सबैले विशेष ध्यान दिनुपर्ने बताइन्। कुपोषण न्यूनीकरणका लागि पनि आमाको दूधलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।

अनुगमनका क्रममा केही पोलिक्लिनिक न्यूनतम सञ्चालन मापदण्डसमेत पूरा नगरी सञ्चालन भएको पाइएको नगरपालिकाले जनाएको छ। त्यस्ता स्वास्थ्य संस्थालाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

त्यसैगरी विभिन्न स्वास्थ्य संस्था तथा औषधि बिक्री केन्द्रबाट म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वैद्यखानाले गति लिएकोमा कांग्रेस महामन्त्रीले गरे बालेनको प्रशंसा, सरकारलाई ६ बुँदे सुझाव

वैद्यखानाले गति लिएकोमा कांग्रेस महामन्त्रीले गरे बालेनको प्रशंसा, सरकारलाई ६ बुँदे सुझाव

कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति...
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।