नेभिगेशन
समाज

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

उदयपुर । कटारी नगरपालिकाले स्वास्थ्य सेवा तथा उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै नगरभित्र सञ्चालित फार्मेसी, पोलिक्लिनिक, किराना पसल तथा नेत्र क्लिनिकमा संयुक्त अनुगमन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गरिएको अनुगमनका क्रममा १७ वटा फार्मेसी तथा पोलिक्लिनिक, पाँच वटा किराना पसल र दुई वटा नेत्र क्लिनिकको निरीक्षण गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार अनुगमनको मुख्य उद्देश्य आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणलाई प्रचलित कानुनअनुसार व्यवस्थित गर्नुका साथै फार्मेसी तथा पोलिक्लिनिकले सरकारले तोकेको न्यूनतम सेवा मापदण्ड पालना गरे,नगरेको मूल्याङ्कन गर्नु रहेको थियो।

Marvel

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा जथाभावी बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ।

कटारी नगरपालिकाकी पब्लिक हेल्थ नर्स चोलुङ नुमा थाम्सुहाङले नवजात तथा शिशुका लागि आमाको दूध नै सबैभन्दा सुरक्षित, पोषिलो र उपयुक्त आहार भएकाले स्तनपान प्रवर्द्धनमा सबैले विशेष ध्यान दिनुपर्ने बताइन्। कुपोषण न्यूनीकरणका लागि पनि आमाको दूधलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।

अनुगमनका क्रममा केही पोलिक्लिनिक न्यूनतम सञ्चालन मापदण्डसमेत पूरा नगरी सञ्चालन भएको पाइएको नगरपालिकाले जनाएको छ। त्यस्ता स्वास्थ्य संस्थालाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

त्यसैगरी विभिन्न स्वास्थ्य संस्था तथा औषधि बिक्री केन्द्रबाट म्याद गुज्रिएका औषधि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...