नेभिगेशन
मुख्य समाचार

गेटा अस्पताललाई सहिद दशरथ चन्द विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ ।

Ncell
Extreme Energy

सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन । 

अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र निर्णय हुँदै आएको थियो ।

सरकारको स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना,शैक्षिक कार्यक्रम सञ्चालन तथा आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।

भर्खरै