नेभिगेशन
समाज

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

काठमाडौँ । नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी गर्ने गरेका थिए ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार उनले प्रहरी कर्मचारीसँग विवाद गर्दै सार्वजनिक स्थानमा होहल्ला गरी शान्तिसुरक्षामा खलल पु¥याउने तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

आलेमगरलाई काठमाडौँ महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।