नेभिगेशन
समाज

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

काठमाडौँ । नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी गर्ने गरेका थिए ।

Marvel

प्रहरीका अनुसार उनले प्रहरी कर्मचारीसँग विवाद गर्दै सार्वजनिक स्थानमा होहल्ला गरी शान्तिसुरक्षामा खलल पु¥याउने तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

आलेमगरलाई काठमाडौँ महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...