नेभिगेशन
सबै कुरा

न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमै आत्मदाह प्रयास

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गर्नासाथ सुरक्षाकर्मीको आँखा छल्दै अदालत प्रवेश गरेकी उनले शरीरमा मट्टितेल खन्याएर आगो सल्काउने प्रयास गरेको हुन् । शरीरमा आगो लगाउने प्रयास गर्नासाथ प्रहरीले उनलाई रोकेर नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल लगेको जनाइएको छ ।

Ncell
Extreme Energy

आरतीले न्ययाधीशसमेत रहेका श्रीमान भुवनगिरीमाथि बलात्कारको मुद्दा हालेकी छिन् । त्यस्तै उनलाई थुनामा राख्न माग राख्दै निरन्तर आन्दोलनरत छिन् ।

त्यसो त न्यायाधीश गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो । 

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...