नेभिगेशन
सबै कुरा

तरुलको व्यापार गर्न भ्याइनभ्याई कालीमाटीका व्यापारी (फाेटाे फिचर)

काठमाडौँ । माघेसंक्रान्तिका अवसरमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ । 

कालीमाटी तरकारी बजारमा तरुलका साथै सखरखण्डको व्यापार बढेको हो । माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ ।

Global Ime Bank

संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी औसत ६५ रुपैँयामा बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

सर्लाहीबाट तरुल लिएर आएका व्यापारी बुद्धिमान लोप्चनले पछिल्लो तीन दिन तरुलको बिक्रि बढेको भएपनि गतसाल भन्दा बढि व्यापार हुन नसकेको बताए । बजारमा पताले, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल पाइने भएपनि पताल तरुलको व्यापार धेरै हुने गरेको उनले बताए । 

जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्धत गर्ने चिकित्सकहरुको भनाइ छ । त्यस्तै वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुने गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसइई परीक्षाको नतिजाः गणितमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण, साउन २९ देखि पूरक परीक्षा हुने

एसइई परीक्षाको नतिजाः गणितमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण, साउन २९ देखि पूरक परीक्षा हुने

एसइईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताए ।  विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

भर्खरै