नेभिगेशन
सबै कुरा

तरुलको व्यापार गर्न भ्याइनभ्याई कालीमाटीका व्यापारी (फाेटाे फिचर)

काठमाडौँ । माघेसंक्रान्तिका अवसरमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीमाटी तरकारी बजारमा तरुलका साथै सखरखण्डको व्यापार बढेको हो । माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ ।

Ncell
Extreme Energy

संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी औसत ६५ रुपैँयामा बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

सर्लाहीबाट तरुल लिएर आएका व्यापारी बुद्धिमान लोप्चनले पछिल्लो तीन दिन तरुलको बिक्रि बढेको भएपनि गतसाल भन्दा बढि व्यापार हुन नसकेको बताए । बजारमा पताले, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल पाइने भएपनि पताल तरुलको व्यापार धेरै हुने गरेको उनले बताए । 

जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्धत गर्ने चिकित्सकहरुको भनाइ छ । त्यस्तै वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुने गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...