नेभिगेशन
सबै कुरा

माघे सङ्क्रान्तिको अवसरमा धादिङको फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता

धादिङ । माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ–५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिँदै छ । स्थानीय युवा क्लव चमेरेगुफा संरक्षण समाजको आयोजनामा हुन लागेको उक्त गोरु जुधाई प्रतियोगितामा ७ हल गोरु दर्ता भएको आयोजक क्षितिज श्रेष्ठले जनकारी दिए । प्रतियोगितामा विजयी हुने गोरुलाई ९ हजार रुपैयाँ नगद पुस्कार तोकिएको छ भने उपविजेता गोरुले पनि ७ हजार ५ सय रुपैयाँ नगद पाउने छ । 

परम्परादेखि नै फ्याक्सेमा माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम हुँदै आएको छ । तर आवश्यक प्रचारप्रसार अभावका कारण खासै चर्चा पाउन सकेन । तर पछिल्लो ९ वर्षदेखि स्थानीय युवा क्लवले प्रतियोगिता नै आयोजना गरेर कार्यक्रम गर्न सुरु गरेको हो । 

Global Ime Bank

‘सदियौँदेखि यहाँ गोरु जुधाउने परम्परा रहँदै आएको छ । तर यो परम्परा यहाँ मात्रै सिमित थियो । विगत ९ वर्षदेखि हामीले परम्परालाई प्रतियोगितामा रुपान्तरण गरी यसलाई सर्वब्यापी बनाउने प्रयास गर्दै आएका छौँ ।’ आयोजक क्षितिज श्रेष्ठले भने । यसबाट संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने श्रेष्ठ बताउँछन् । 

पछिल्लो समय कृषिमा बढ्दै गएको आधुनिकिकरणका कारण गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्न कठिन भएको छ । आयोजक श्रेष्ठका अनुसार अहिले वैदेशिक रोजगारीका कारण विदेशिनेको संख्या बढ्दा गाउँमा खेति गर्ने मानिस कम छन् । त्यसमाथि पनि गोरुलाई ट्याक्टरले प्रतिस्थापन गर्दै गएपछि गोरु पाल्ने कृषकको संख्या कम छ । यसले प्रतियोगिता संचालनमा समस्या हुने गरेको छ । श्रेष्ठ भन्छन्, ‘पहिले गोरु धेरै भएर जुधाउने समय पुग्दैनथ्यो । अहिले त्यो अवस्था छैन । गाउँमा कृषिमा आधुनिकिकरण बढ्नु आफैँमा राम्रो कुरा हो । तर यसले संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता बढाएको छ ।’

फ्याक्सेमा गोरु जुधाई प्रतियाेगितासँगै स्थानीय लाखे नाचको मनोरञ्जन लिन सकिने तथा स्थानीय स्तरमा उत्पादन हुने उखु, खुदो र शखरको स्वाद लिन सकिने आयोजकले जनाएका छन् । 

माघे संक्रान्तीका दिन नुवाकोट तारुकाको खानिकौशिनी, रसुवाको बेत्रावती लगायत ठाउँमा पनि गोरु जुधाउने गरिन्छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।
घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्। रासस
आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजकाे माैसमः देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका...