नेभिगेशन
सबै कुरा

माघे सङ्क्रान्तिको अवसरमा धादिङको फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता

धादिङ । माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ–५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिँदै छ । स्थानीय युवा क्लव चमेरेगुफा संरक्षण समाजको आयोजनामा हुन लागेको उक्त गोरु जुधाई प्रतियोगितामा ७ हल गोरु दर्ता भएको आयोजक क्षितिज श्रेष्ठले जनकारी दिए । प्रतियोगितामा विजयी हुने गोरुलाई ९ हजार रुपैयाँ नगद पुस्कार तोकिएको छ भने उपविजेता गोरुले पनि ७ हजार ५ सय रुपैयाँ नगद पाउने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परम्परादेखि नै फ्याक्सेमा माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने कार्यक्रम हुँदै आएको छ । तर आवश्यक प्रचारप्रसार अभावका कारण खासै चर्चा पाउन सकेन । तर पछिल्लो ९ वर्षदेखि स्थानीय युवा क्लवले प्रतियोगिता नै आयोजना गरेर कार्यक्रम गर्न सुरु गरेको हो । 

Ncell
Extreme Energy

‘सदियौँदेखि यहाँ गोरु जुधाउने परम्परा रहँदै आएको छ । तर यो परम्परा यहाँ मात्रै सिमित थियो । विगत ९ वर्षदेखि हामीले परम्परालाई प्रतियोगितामा रुपान्तरण गरी यसलाई सर्वब्यापी बनाउने प्रयास गर्दै आएका छौँ ।’ आयोजक क्षितिज श्रेष्ठले भने । यसबाट संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने श्रेष्ठ बताउँछन् । 

पछिल्लो समय कृषिमा बढ्दै गएको आधुनिकिकरणका कारण गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्न कठिन भएको छ । आयोजक श्रेष्ठका अनुसार अहिले वैदेशिक रोजगारीका कारण विदेशिनेको संख्या बढ्दा गाउँमा खेति गर्ने मानिस कम छन् । त्यसमाथि पनि गोरुलाई ट्याक्टरले प्रतिस्थापन गर्दै गएपछि गोरु पाल्ने कृषकको संख्या कम छ । यसले प्रतियोगिता संचालनमा समस्या हुने गरेको छ । श्रेष्ठ भन्छन्, ‘पहिले गोरु धेरै भएर जुधाउने समय पुग्दैनथ्यो । अहिले त्यो अवस्था छैन । गाउँमा कृषिमा आधुनिकिकरण बढ्नु आफैँमा राम्रो कुरा हो । तर यसले संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता बढाएको छ ।’

फ्याक्सेमा गोरु जुधाई प्रतियाेगितासँगै स्थानीय लाखे नाचको मनोरञ्जन लिन सकिने तथा स्थानीय स्तरमा उत्पादन हुने उखु, खुदो र शखरको स्वाद लिन सकिने आयोजकले जनाएका छन् । 

माघे संक्रान्तीका दिन नुवाकोट तारुकाको खानिकौशिनी, रसुवाको बेत्रावती लगायत ठाउँमा पनि गोरु जुधाउने गरिन्छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...