नेभिगेशन
पूर्वाधार

कर्णालीमा विद्युत आपूर्तिमा देखिएको अवरोध हटाउन ऊर्जामन्त्री श्रेष्ठको पहल, यान्त्रिक क्रेन पठाउने निर्णय

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो । यस विषयमा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

Ncell
Extreme Energy

काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत अवरोध समाधानका लागि आवश्यक परेको यान्त्रिक क्रेन पठाउन नियामक निकायसँग समन्वय गरेका थिए । 

'उक्त समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ। आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ,' मन्त्री श्रेष्ठले भने । 

यससँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ । 'सार्वजनिक सेवाका व्यावहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी छ,' उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनको वास्तविक अवस्थाबीच ठूलो खाडल देखिएको बताएका छन्।
भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

रसुवाको भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या ४६९ जना पुगेको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुको विवरण अनलाइनबाटै हेर्न सकिने भएको छ ।