नेभिगेशन
समाज

होल्डिङ सेन्टरका सुकुम्बासी मानवअधिकार आयोगमा (तस्बिरहरु)

काठमाडौँ । होल्डिङ सेन्टरका सुकुम्बासी गुहार माग्दै मानवअधिकार आयोगको कार्यालय पुगेका छन् । मंगलबार उनीहरुको एक टोली मानवअधिकार संरक्षणसम्बन्धी अपिल गर्दै आयोगको कार्यालय पुगेको हो ।

IMG-20260714-WA0159-1784021537.jpg
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई उनको कार्यकक्षमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260714-WA0160-1784021537.jpg
उक्त अवसरमा आयोगका अन्य माननीय सदस्यहरू तथा सदस्य–सचिवसमेत उपस्थित रहेका थिए । अपिलपत्र बुझिसकेपछि अध्यक्ष तप बहादुर मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै, प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिए ।

Ncell
Extreme Energy

IMG-20260714-WA0158-1784021536.jpg
प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

IMG-20260714-WA0157-1784021526.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

२०८३ साउन २० गते साँझ ५ बजे । दोलालघाटको भित्री बजारमा एक वृद्ध लयमा हिँडिरहेका दम्पती देखिन्छन् । वृद्ध फुर्तिलै छन् । हिँडाइ पनि टठिलै देखिन्छ । कुर्था...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात...

भर्खरै