नेभिगेशन
नेताका कुरा

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न कांग्रेसले संसदमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने भएको छ । 

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता ठहर गर्दै दुइटा निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्ने विषय सत्तापक्ष, प्रतिपक्ष लगायत सबै राजनैतिक दलहरूको साझा जिम्मेवारी र साझा दायित्वको विषय भए पनि पछिल्लो समय सरकारको रवैयाका कारण जटिल बन्न पुगेको यो विषयलाई हल गर्न फेरि पनि सरकार र दलहरू बीच साझा दृष्टि र साझा कार्ययोजना निर्माण गर्न जरुरी छ । त्यसका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाएर यो विषयमा संसदीय दलले अग्रसरता लिने । 

Ncell
Extreme Energy

दाेस्रो, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकता दृष्टिगत गरि प्रतिष्ठानको तर्फबाट आवश्यक सहजीकरण र समन्वय गर्न भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजिकरण संयन्त्र’ गठन गर्ने । 

कांग्रेस कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग–अलग रूपमा साझा प्रतिबद्धता भए पनि निर्वाचन पश्चात बनेको सरकारले सुकुम्बासीहरूप्रति गरेको व्यवहार अलोकतान्त्रिक र अमानवीय भन्दै गम्भीर आपत्ति प्रकट तथा घोर निन्दासमेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मिडिया हाउसअगाडि गाडी राखेर राज्यले आफैं आतंकित बनाउन खोज्यो, कारवाही होस् : मनिष झा

मिडिया हाउसअगाडि गाडी राखेर राज्यले आफैं आतंकित बनाउन खोज्यो, कारवाही होस् : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।
आज कहाँ कहाँ छ बाढीको जोखिम ?

आज कहाँ कहाँ छ बाढीको जोखिम ?

आज ठूलो बाढीको जोखिम भने नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।