नेभिगेशन
समाज

घुस आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद सजाय

काठमाडौँ । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा  विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा ८ वर्ष कैद सजाय तोकेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो । रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो कायम गरेको छैन ।

Marvel

तर घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैंयालाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...
एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् ।
बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको...