नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले आफैँलाई दियो ७८.५ अंक, समन्वय सहकार्य उत्कृष्ट रहेकाे दाबी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ‘संस्थागत स्वमूल्यांकन’ गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार गरिएको मूल्यांकनमा महानगरले आफैँलाई ७८.५ अंक दिएको हो । 

Global Ime Bank

गत आर्थिक वर्ष २०७८/७९ मा स्वमूल्यांकनमा काठमाडौँ महानगरको अंक ५७.२५ मात्रै थियो  विगतको अवस्था सुधार गर्दै महानगरले २०७९/८० मा ७८.५ अंक प्राप्त गरेको महानगरपालिकाको दाबी छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अंकसम्बन्धी विवरण पेस गरेका थिए। आफूले आफैंलाई ७८.५ दिएको अंकलाई बैठकले अनुमोदन गरेको हो।  

महानगरले समग्र स्थितिमा २१, प्रक्रियागत स्थितिमा ३४ र परिमाणात्मक स्थितिमा ४५ प्रतिशत अंक भार राखेको थियो । यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ ।

यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अङ्क प्राप्त गरेको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अङ्कको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरणमा  ८ प्राप्त गरेको छ । १६ अङ्कको सेवा प्रवाहमा १२.५, ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ६ र १३ अङ्कको भौतिक पूर्वाधारमा ९.७५ अङ्क पाएको छ । ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क प्राप्त गरेको छ । 

स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अङ्क मात्र दावी गरिन्छ । माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ । 

२०७९/८० को मूल्याङ्कनका लागि उपनिर्देशक गंगाधर गौत्तमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा हुनुहुन्थ्यो । समितिको सदस्य सचिव तथ्याङ्क अधिकृत कृष्णराज तिवारी हुनुहुन्थ्यो । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो? 

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो । 

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...