नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले आफैँलाई दियो ७८.५ अंक, समन्वय सहकार्य उत्कृष्ट रहेकाे दाबी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ‘संस्थागत स्वमूल्यांकन’ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार गरिएको मूल्यांकनमा महानगरले आफैँलाई ७८.५ अंक दिएको हो । 

Ncell
Extreme Energy

गत आर्थिक वर्ष २०७८/७९ मा स्वमूल्यांकनमा काठमाडौँ महानगरको अंक ५७.२५ मात्रै थियो  विगतको अवस्था सुधार गर्दै महानगरले २०७९/८० मा ७८.५ अंक प्राप्त गरेको महानगरपालिकाको दाबी छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अंकसम्बन्धी विवरण पेस गरेका थिए। आफूले आफैंलाई ७८.५ दिएको अंकलाई बैठकले अनुमोदन गरेको हो।  

महानगरले समग्र स्थितिमा २१, प्रक्रियागत स्थितिमा ३४ र परिमाणात्मक स्थितिमा ४५ प्रतिशत अंक भार राखेको थियो । यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ ।

यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अङ्क प्राप्त गरेको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अङ्कको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरणमा  ८ प्राप्त गरेको छ । १६ अङ्कको सेवा प्रवाहमा १२.५, ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ६ र १३ अङ्कको भौतिक पूर्वाधारमा ९.७५ अङ्क पाएको छ । ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क प्राप्त गरेको छ । 

स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अङ्क मात्र दावी गरिन्छ । माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ । 

२०७९/८० को मूल्याङ्कनका लागि उपनिर्देशक गंगाधर गौत्तमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा हुनुहुन्थ्यो । समितिको सदस्य सचिव तथ्याङ्क अधिकृत कृष्णराज तिवारी हुनुहुन्थ्यो । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो? 

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो । 

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...