नेभिगेशन
विदेशका कुरा

विश्व एआई सहयोग सङ्गठनको स्थापनामा २९ देश सहमत, साङ्घाईमा मुख्यालय रहने

विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताका सर्तहरू अनुसार ‘वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन’ एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा ‘ग्लोबल एआई गभर्नेन्स’ सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनयाँ सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ वटा देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरी सङ्गठनको संस्थापक सदस्य भएको बताएका छन् ।

Ncell
Extreme Energy

हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ ।

सम्झौता अनुसार, नव गठित सङ्गठनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्यलाई समर्थन तथा आत्मसाथ गर्र्नेछ भने सार्वजनिक लाभका लागि आवाश्यक परामर्श र संयुक्त योगदानलाई बढावा दिई जनकेन्द्रित दृष्टिकोणबाट सञ्चालित हुनेछ ।

सङ्गठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ पारी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाको लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिनु भएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।