नेभिगेशन
सबै कुरा

मुगलिङ दुर्घटना अपडेट: त्रिशूली नदी छेउमा भेटियो भारतीय नम्बर प्लेट

नारायणगढ ( मुगलिङ सडक खण्डको ३ नम्बर पुलमा सवारी दुर्घटना भएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुगलिङ प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थलमा खटिएको उद्धार टोलीकाअनुसार दुर्घटनामा परेको गाडी भारतीय नम्बर प्लेटको भएको खुलेको छ । पुलको रेलिङबाट सिधै नदीमा खसेको उक्त गाडीको नम्बर प्लेट र २ थान चप्पल प्रहरीले दुर्घटना स्थलमा फेला पारेको छ । दुर्घटना स्थल छेउमा बीके ०९ जिसी १४३० को भारतीय नम्बर प्लेट फेला परेको छ । तर, सो नम्बर प्लेट दुर्घटनामा परेको गाडीको हो वा होइन भन्ने पुष्टी भएको छैन् । 

Ncell
Extreme Energy

सडकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको  गोताखोरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । दुर्घटनामा परेको गाडी र यात्रुबारे कुनै जानकारी प्राप्त भएको छैन्। दुर्घटनामा स्थलमा रहेका पत्रकार बिनोद श्रेष्ठकाअनुसार दुर्घटनामा परेको गाडी नदिमा पुरै डुबेको छ । उद्धार टोली नदीमा प्रवेश गर्दैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...