नेभिगेशन
सबै कुरा

मुगलिङ दुर्घटना अपडेट: त्रिशूली नदी छेउमा भेटियो भारतीय नम्बर प्लेट

नारायणगढ ( मुगलिङ सडक खण्डको ३ नम्बर पुलमा सवारी दुर्घटना भएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुगलिङ प्रहरीले जनाएको छ । 

घटनास्थलमा खटिएको उद्धार टोलीकाअनुसार दुर्घटनामा परेको गाडी भारतीय नम्बर प्लेटको भएको खुलेको छ । पुलको रेलिङबाट सिधै नदीमा खसेको उक्त गाडीको नम्बर प्लेट र २ थान चप्पल प्रहरीले दुर्घटना स्थलमा फेला पारेको छ । दुर्घटना स्थल छेउमा बीके ०९ जिसी १४३० को भारतीय नम्बर प्लेट फेला परेको छ । तर, सो नम्बर प्लेट दुर्घटनामा परेको गाडीको हो वा होइन भन्ने पुष्टी भएको छैन् । 

Global Ime Bank

सडकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको  गोताखोरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । दुर्घटनामा परेको गाडी र यात्रुबारे कुनै जानकारी प्राप्त भएको छैन्। दुर्घटनामा स्थलमा रहेका पत्रकार बिनोद श्रेष्ठकाअनुसार दुर्घटनामा परेको गाडी नदिमा पुरै डुबेको छ । उद्धार टोली नदीमा प्रवेश गर्दैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...