नेभिगेशन
समाज
कांग्रेस विवाद

पन्ध्रौं महाधिवेशनमा सबै सहभागी हुने वातावरण बन्छः विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले सहमतिका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरिरहँदा संस्थापन पक्षले भने सहमतिका लागि प्रयास भइरहेको जनाएको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले संवाद र छलफल भइरहेको र सकारात्मक ढंगले टुंगिने दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पन्ध्रौं महाधिवेशनमा सबै सहभागी बन्ने वातावरण सहज बनाउनुपर्छ भनेर संवाद र छलफल भइरहेको छ, सकारात्मक ढंगले टुंगिन्छ भन्नेमा विश्वस्त छौं’ शर्माले भने ।

Ncell
Extreme Energy

सोही पत्रकार सम्मेलनमा उपसभापति शर्माले प्रदेश सरकारहरुमा केही समस्या देखिएको र ती समस्या समाधान गर्न पनि मुख्य दलहरुका बीचमा छलफल भइरहेको जानकारी दिए ।

‘प्रदेश सरकारका सन्दर्भमा केही समस्या देखिएको छ, सार्वजनिक रुपमा धेरै टिप्पणी गरेर भन्दा आन्तरिक रुपमा अभ्यास र संवाद भइरहेको छ’ उनले भने । त्यस्तै, उनले कुनै पनि प्रदेश सरकार प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने कांग्रेसको सर्त रहेको शर्माले बताए ।

‘हाम्रो बटमलाइन कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक पर्यो भने कांग्रेस नै प्रतिपक्षमा बस्न तयार छ’ उनले भने ।

उपसभापति शर्माले वर्तमान संविधानको निर्माण गर्दै गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरुले संविधानको मूल मर्मलाई बिर्सन नमिल्नेसमेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।