नेभिगेशन
समाज
कांग्रेस विवाद

पन्ध्रौं महाधिवेशनमा सबै सहभागी हुने वातावरण बन्छः विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले सहमतिका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरिरहँदा संस्थापन पक्षले भने सहमतिका लागि प्रयास भइरहेको जनाएको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले संवाद र छलफल भइरहेको र सकारात्मक ढंगले टुंगिने दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पन्ध्रौं महाधिवेशनमा सबै सहभागी बन्ने वातावरण सहज बनाउनुपर्छ भनेर संवाद र छलफल भइरहेको छ, सकारात्मक ढंगले टुंगिन्छ भन्नेमा विश्वस्त छौं’ शर्माले भने ।

Extreme Energy

सोही पत्रकार सम्मेलनमा उपसभापति शर्माले प्रदेश सरकारहरुमा केही समस्या देखिएको र ती समस्या समाधान गर्न पनि मुख्य दलहरुका बीचमा छलफल भइरहेको जानकारी दिए ।

‘प्रदेश सरकारका सन्दर्भमा केही समस्या देखिएको छ, सार्वजनिक रुपमा धेरै टिप्पणी गरेर भन्दा आन्तरिक रुपमा अभ्यास र संवाद भइरहेको छ’ उनले भने । त्यस्तै, उनले कुनै पनि प्रदेश सरकार प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने कांग्रेसको सर्त रहेको शर्माले बताए ।

‘हाम्रो बटमलाइन कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक पर्यो भने कांग्रेस नै प्रतिपक्षमा बस्न तयार छ’ उनले भने ।

उपसभापति शर्माले वर्तमान संविधानको निर्माण गर्दै गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरुले संविधानको मूल मर्मलाई बिर्सन नमिल्नेसमेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै