नेभिगेशन
सबै कुरा

बाटोमा मृत भेटिएका राधे सहनीकी श्रीमतीको पनि मृत्यु

धनुषा । सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ मा मृत अवस्थामा भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ । सहनीकी श्रीमती अस्मिता शर्माको उपचारको क्रममा गयराती निधन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहनी सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित सडक छेउको गहुँ खेतमा मृत अवस्थामा र उनकी श्रीमति सोही स्थानमा अचेत अवस्थामा फेला परेका थिए । सख्त घाइते अवस्थामा फेला परेकी अस्मितालाई उद्धार गरि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएको थियो । उपचारकै क्रममा उनको सोमबार राति ११ बजे मृत्यु भएको  इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कुमार कार्कीले सिधाकुरालाई जानकारी दिए ।

Ncell
Extreme Energy

३ महिनाअघि प्रेम विवाह गरेका उनीहरु महेन्द्रनगरमा डेरा लिएर बसेका थिए । आइतबार ससुरालीबाट श्रीमतीलाई लिएर मोटरसाइकलमा महेन्द्रनगर हिँडेका उनीहरु बाटोमा मृत र घाइते अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...