नेभिगेशन
समाज

सिंगापुरबाट देउवाले भने– म स्वदेश फर्कंदै छु  (वक्तव्यसहित)

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्किन लागेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफू स्वदेश फर्कन लागेको बताएका हुन् ।

उनले सन्देशमा लेखेका छन्– ‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदै छु।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपचारका क्रममा हाल सिंगापुरमा रहेका देउवाले कहिले फर्कने भन्ने चाहिँ खुलाएका छैनन् । निकट नेताहरुले साउन २९ गते देउवा नेपाल आउने बताइरहेका छन् । 

Extreme Energy

यस्तो छ देउवाको सन्देश

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता, जननायक तथा नेपाली कांग्रेसका सर्वोच्च प्रेरणास्रोत जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ। उहाँको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता तथा जननायक बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। उहाँले ममाथि गर्नुभएको विश्वास, दिनुभएको जिम्मेवारी र सिकाउनुभएको लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहितको मेलमिलाप र जनताको सर्वोच्चताप्रति उहाँको अटल निष्ठा नै मेरो राजनीतिक जीवनको प्रेरणास्रोत रहँदै आएको छ।

त्यही प्रेरणा र विश्वासका साथ मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ। जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौं कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैं एउटै रह्यो–प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदेन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन।

आज नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी प्रवृत्तिविरुद्ध अविचलित संघर्ष गर्दै आफ्नो गौरवपूर्ण आठ दशकको यात्रा पूरा गरेको नेपाली कांग्रेस समक्ष फेरि एउटा ऐतिहासिक चुनौती, अवसर र दायित्व एकसाथ उभिएको छ। आफ्नो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र गरेको छैन, राष्ट्रले सामना गरेका कठिन घडीहरूमा पनि जिम्मेवार भूमिका निर्वाह गरेको छ। देशलाई हत्या हिंसा र द्वन्दबाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने नेतृत्वदायी भूमिका का साथै संविधानसभामार्फत संविधान निर्माण, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड(१९) महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन कांग्रेसले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको इतिहास हाम्रो सामूहिक अनुभव हो। यही अनुभवले वर्तमान चुनौतीको सामना गर्न हामीलाई अझ दृढ र जिम्मेवार बनाएको छ।

विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि मेरो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको छ। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु। आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन। यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो। यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन।

प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार हो। जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति हो। लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन सक्दैनन्। त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो। गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई हामीले सम्मान गर्यौं। प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता थियो।

तर, दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि  बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिंदे छ। यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ।

हाम्रा सर्वकालीन पथप्रदर्शक जननायक बीपी कोइरालाले २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिमार्फत व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वपरि मान्दै स्वदेश फर्किनुभएको इतिहास आज पनि उत्तिकै प्रेरणादायी छ। त्यो इतिहास केवल सम्झनाका लागि होइन, वर्तमान चुनौतीको सामना गर्न मार्गदर्शन गर्ने जीवित आदर्श पनि हो। प्रजातन्त्र, राष्ट्रियता र समाजवाद साथै राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आधारभूत मूल्य र मार्गदर्शक सिद्धान्त हुन्। यी केवल हाम्रो राजनीतिक एजेन्डा मात्र होइनन्, राष्ट्र निर्माणप्रतिको हाम्रो अटल प्रतिबद्धताका आधार पनि हुन्। 

मेरो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएका थिए। ती  निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै थिए। तर, वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ। आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ। प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ।

यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै