काठमाडौँ । गोर्खाका दिनेश अधिकारी विदेशमा बस्दै आएका छन् । तर नेपाल आएको बेला पारेर उनी आफ्नो लाइसेन्स नवीकरण गर्न असार २७ गते ललितपुरस्थित एकान्तकुना यातायात व्यवस्था कार्यालय पुगेका थिए । तर यातायात कार्यालयको सर्भर नचलेका कारण देखाउँदै अन्तिममा उनलाई अर्को दिन आउन भनियो । तर अधिकारीले कार्यालय समयमा गर्नुपर्ने सबैकाम सकिसकेका थिए । राजस्वको ३ हजार रुपैयाँ दाखिला गर्न बाहेक अरु काम बाँकी थिएन ।
विदेश फर्किनु पर्ने चटारोको कारण आज (मंगलबार) पनि यातायात कार्यालय एकान्तकुनामा लाइसेन्स नवीकरणका लागि पुगेका अधिकारीले सर्भर समस्याकै कारण काम हुन नसकेको गुनासो सिधाकुरालाई सुनाए ।
Watch On
‘म त विदेशमा बस्छु । त्यहाँका सरकारी कार्यालयपनि घुमेको छु । यस्तो हुँदैन । एउटा लाइसेन्स नवीकरण गर्छु, सरकारलाई पैसा तिर्छु भन्दा पनि पाएको छैन । अर्को आर्थिक वर्ष लाग्यो । अब त दोब्बर तिर्नु पर्छ भन्छन् । असारमै तिर्न आएको बेला काम भएको भए । तीन हजारले हुन्थ्यो । अब ६ हजार तिर्नु पर्छ रे ? तै पनि तिर्न पाएको छैन । अब ८ गतेपछि आउनु भनेका छन् । गोर्खाबाट कति दिन आउने हो । एउटा लाइसन्स नवीकरण गर्न,’ अधिकारीले दुखेसो पोख्दै भने ।
काठमाडौँ कि सरस्वती पनेरू लाइसेन्स नवीकरणका लागि मंगलबार एकान्तकुना यातायात व्यवस्था कार्यालय पुगेकी थिइन् । तर कार्यालय पुगेर रित्तो हात फर्किनु परेको उनको पीडा छ । एक हप्तापछि आउन भनेर आफूलाई फर्काइएको उनले बताइन् ।
‘के गर्नु, पसल बन्द गरेर लाइसेन्स नवीकरण गर्न आएको थिए । खाली आउनु मात्र भयो । काम नै भएन । यो सरकारी काम म आउँदा जहिल्यै यस्तै हुन्छ,’ उनले गुनासो गर्दै भनिन् ।
त्यस्तै ललितपुरका सुरेश कुँवर आफ्नो नयाँ प्रिन्ट भएको लाइसेन्स लिन मंगलबार यातायात कार्यालय पुगेका थिए । उनी सोमबार पनि लाइसेन्स लिन यातायात कार्यालय पुगेका थिए । तर उनले मंगलबार पनि लाइसेन्स पाउँन भने सकेनन् । मोबाइलमा उनलाई लाइसेन्स प्रिन्ट भएको खबर हप्तादिन पहिले नै पुगेको थियो । तर यातायात कार्यालयमा घण्टौं लाइनमा बसेर आफ्नो पालो आएपछि कार्यालय कर्मचारीले तपाईँको लाइसेन्से प्रिन्ट नभएको खबर सुनाएपछि आफू अक्क न मक्क भएको कुँवरले सुनाए ।
‘एक हप्ता पहिले मोबाइलमा देखाएको थियो । तर कार्यालय आउँदा लाइसेन्स छैन । मोबाइलमा अहिले हेर्दा नि लाइसेन्स प्रिन्ट भएको देखाउन्छ । यस्तो त राम्रो भएन नि जे हो त्यही देखाउनु प¥यो,’ कुँवरले भने ।
सोमबार सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनाले नयाँ प्रिन्ट भएका लाइसेन्स लिन आउने बाहेकका सेवाग्राहीलाई शुक्रबारपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ ।
सरकारले नयाँ आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने भनेको इडिएलभिआरएस सर्भर हालसम्म पनि प्रयोगमा आउन नसक्दा यातायात कार्यालयले सेवाग्राहीका लागि सेवा बन्दबारे सूचना जारी गरेको हो । तर सोमबादेखि यातायात कार्यालयको नयाँ सर्भरले काम गर्ने गरी यसअघि पनि कार्यालयले सूचना प्रकाशित गरेको भए पनि सोमबार सर्भरले काम नगरेपछि यातायात कार्यालयले पुनः अर्को सूचना जारी गरेको हो ।
सेवा बन्दबारे सूचना थाहा नपाएका कैयन् सेवाग्राही मंगलबार यातायात कार्यालय पुगेर सरकारप्रति आक्रोस पोख्दै फर्किंदै थिए । अझै शुक्रबार पनि सर्भर चल्ने नचल्ने बारेमा टुंगो भने छैन । अहिले यातायात कार्यालयका अधिकांश सेवा बन्द भएका कारण विभिन्न फाँटमा कार्यरत कर्मचारीलाई नयाँ प्रिन्ट भएको लाइसेन्स वितरणमा खटाइएको एकान्तकुना यातायात व्यवस्था कार्यालयका प्रमुख केशव कुमार जिएमले बताए ।
हाल देशभरका यातायात कार्यालयमा यो समस्या देखिएको उनले बताए । सरकारले इडिएलभिआरएस सर्भर सञ्चालन गर्ने भनेको तर पूर्णरुपमा सञ्चालनमा आउन शुक्रबार सम्म लाग्ने भएकाले अहिलेको समस्या आएको कार्यालय प्रमुख कुमार जिएमले बताए ।
‘सरकार नयाँ सर्भर संचालनको तयारीमा छ । तर केही ढिलो भइरहेको छ । यो समयस्या चाँडै सकिने सूचना पाएका छौं । यो सर्भर संचालनमा आयो भने सेवाग्राहीलाई पहिले भन्दा धेरै सहज हुने छ,’ उनले भने ।
त्यसो त असार मसान्तमा सवारी कर, लाइसेन्स नवीकरण र अन्य प्रशासनिक कामका लागि सेवाग्राहीको चाप बढ्ने समयमै सर्भर अवरुद्ध हुँदा सेवाग्राही झनै समस्यामा परेका छन् ।
गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित...आइतबार, कात्तिक २२, २०८३