नेभिगेशन
नेताका कुरा

एमाले संविधान संशोधन सुझाव कार्यदल उपसमितिले गर्‍यो चार निर्णय

काठमाडौँ । नेकपा एमाले संविधान संशोधन सुझाव कार्यदलको उपसमितिले संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न चार वटा निर्णय गरेको छ ।

आजको बैठकले नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा छलफल भएको उपसमितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकले संविधानमा संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भएको उनले बताए ।

Ncell
Extreme Energy

संविधान संशोधनका सन्दर्भमा राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र , नागरिक समाज तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया सम्बन्धमा छलफल भएको उनको भनाइ छ ।

यस्तै संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा  छलफल भएको बर्ताैलाले बताए ।
उपसमितका संयोजक अग्निप्रसाद खरेल छन् । महेश बर्तौला, रमेश बडाल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा सदस्य छन् ।

आजको बैठकमा विज्ञको रुपमा पूर्वकानुनमन्त्री  माधवप्रसाद पौडेल सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र विकासलाई मुख्य नारा बनाएको र सामाजिक सञ्जाल तथा एल्गोरिदमको प्रभावकारी प्रयोग गरेको उल्लेख गर्दै जसपा नेपालको राष्ट्रिय राजनीतिमा पहुँच र भूमिका निकै...