नेभिगेशन
नेताका कुरा

गगन–विश्वले इतर पक्षलाई दिए एक–एक लाइनको जवाफ

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्ष (शेरबहादुर देउवा खेमा) ले बुधबार प्रज्ञा भवनबाट ‘आफ्ना सर्त स्वीकार गर्ने भए गर, नत्र पार्टी फुट्छ’ भनेर दिएको चेतावनीको जवाफ सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले विहीबार जम्मा एक–एक लाइनमा दिए ।

४४औं बीपी स्मृति दिवसको अवसरमा जरा अभियानको समापन र नयाँ अभियानको घोषणा गर्न बिहीबार संस्थापन पक्षले राष्ट्रिय सभागृहमा आयोजना गरेको समारोहमा सभापति थापा र उपसभापति शर्माले निकै कडा र चेतावनीयुक्त जवाफ दिने धेरैको अनुमान थियो । अघिल्लो दिन उनीहरुमाथि जसरी आरोपको वर्षा गराइएको थियो, बदलामा उनीहरुले पनि त्यस्तै रुपमा जवाफ देलान् कि नदेलान् भन्ने चासो पनि उत्तिकै थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इतर पक्षका नेताहरुले समय सीमा नै तोकेर आफ्ना सर्त स्वीकार गर्न चेतावनी दिए । नत्र पार्टी फुट्छ भनेका थिए ।

Ncell
Extreme Energy

तर, विहीबार (आज) अपरान्ह राष्ट्रिय सभागृहमा गगन र विश्वमात्रै मात्रै होइन, संस्थापन पक्षका कुनै पनि नेता अघिल्लो दिन इतर पक्षका नेताहरु जसरी प्रस्तुत भएनन् । संस्थापनका नेताहरुले न ‘अल्टिमेटम’को चर्चा गरे न उनीहरुका ५ प्रस्तावप्रति सहमति/विमती जनाए ।

सभापति थापाले हिजो इतर पक्षको सभामा व्यक्त विचार र ती विचार व्यक्त गर्नेहरुका बारेमा व्यंग्यात्मक शैलीमा जवाफ दिए ।

‘हिजो बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ । मैले धेरै माया गर्ने, प्रेम गर्ने साथीहरु र सम्मान आदर गर्ने नेताहरु पनि हुनु हुँदो रहेछ । त्यता ध्यान दिएँ भने उहाँहरुप्रतिको आदर घट्ला भनेर त्यतिधेरै ध्यान दिइनँ ।’

उनले आफ्नो मन्तव्यकै क्रममा धेरै नेता जम्मा गर्दैमा पार्टी नबन्ने बरु पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई जोड्नुपर्ने बताए । त्यही उनले थपे– ‘कांग्रेस राष्ट्रिय पार्टी मात्रै होइन, राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिले सम्हाल्ने हो, हामी सम्हाल्न चाहन्छौं, त्यो भन्नसक्ने ठाउँमा पुर्याउन चाहन्छौं ।’

gagan-Thapa-1784811770.jpeg
 

उनीभन्दा पहिले बोलेका उपसभापति शर्माले पनि इतर पक्षको दाबी, आरोप र प्रस्तावमा खासै समय खर्चेनन् ।

सुरुमै हिजोको आरोपका बारेमा धारणा राख्दै उनले भने– ‘कसैले कहीँ भेला भएर आलोचना गर्नु भयो भनेर त्यतातिर ढुंगा हानेर हामी गन्तव्यमा पुग्न सक्दैनौं ।’

 Bishwo-Prakasha-1784811825.jpeg
 

उपसभापति पुष्पा भुसालले पनि असन्तुष्ट नेताहरुलाई घुमाउरो पारामा जवाफ दिइन् ।

उनले भनिन्– ‘नेपाली कांग्रेस अरु पार्टीभन्दा बढी लोकतान्त्रिक छ । विधान स्वीकार गरेर विशेष महाधिवेशन गरिएको हो । कांग्रेसले विधान मान्छ भन्ने उदाहरण पनि हो विशेष महाधिवेशन ।’

दुई महामन्त्रीहरु गुरुराज घिमिरे र प्रदीप पौडेलले पार्टी लोकतान्त्रिक हिसावले चलिरहेको र यसलाई थप लोकतान्त्रिक, समावेशी र साझा बनाउने प्रयासमा लागिरहेको बताए । 

महामन्त्री घिमिरेले भने– ‘हामीसँग कार्यसूची छ, कार्यसूची अनुसार चल्छौं, कसैको आलोचनामा लाग्नुपर्ने छैन ।’

अर्का महामन्त्री पौडेलको भनाइ थियो– कांग्रेसमा आउन कोही कसैलाई बन्देज छैन, चौधौं महाधिवेशनमा जति सदस्य थिए, पन्ध्रौं महाधिवेशनमा त्यति नै सदस्य सहभागी हुने अवस्था बनेको छ । नेपालमा सबैभन्दा बढी सदस्य भएको पार्टी कांग्रेस हुँदैछ । कांग्रेसका सबै सदस्यहरु डिजिटल नेटवर्कमा जोडिएको पार्टी बन्दैछ ।’

पदाधिकारीहरुको तुलनामा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे इतरपक्षप्रति कठोर सुनिए । उनले विगतमा पार्टी कसरी चलेको थियो र अहिले कसरी चल्दैछ भने तुलना गर्न सुझाव दिए । Bhishma-Angdembe-1784811876.jpeg
 

‘अहिले केहीले विवेक गुमाएका छन् । आफूखुसी निर्णय गर्छन्, आरोप लगाउँछन् ।’ उनले थपे– ‘मेरो पार्टीको नेतृत्वले हार्नु हुँदैन । तपाईंहरुले मेरो विश्वास कायम राख्नुस्, कार्यकर्ताको रुपमा जीवन्त राख्नेछु ।’
विशेष वक्ताको रुपमा बोलाइएका राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले पनि हिजो इतर पक्षका नेताहरुले लगाएको आरोपप्रति कटाक्ष गरे ।

‘कतिपय व्यक्तिमा अझै पनि म भइनँ भने कांग्रेस चल्दैन भन्ने भ्रम छ । कसैले आफूलाई निर्विकल्प दाबी गर्छ भने त्यसलाई कांग्रेसले नै पाखा लगाउनुपर्छ’ उनले भने । सँगै उनले कांग्रेसको नयाँ नेतृत्वलाई प्रतिस्पर्धी र उत्तरदायी बन्न सुझाए ।

Krishna-Khanal-1784811909.jpeg
 

बुधबार भक्तपुरका सभापति दुर्लभ थापाले सानेपा कब्जा गरौं भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको जवाफ विहीबार काठमाडौंका सभापति कृष्ण बानियाँ (सबुज)ले दिए । उनले भने– ‘पार्टी एकता रोक्ने उहाँहरु नै हो, अड्को थाप्ने उहाँहरु नै हो ।’

congress-sava_sahavagi-1784812018.jpeg
 

कांग्रेसको संस्थापन र इतरपक्षका बीचमा मुख्यगरी दुई वटा विषयमा विवाद छ । इतरपक्ष भन्छ– चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गरौं । यसमा संस्थापन पक्ष सहमत छैन ।

दोस्रो विषय हो– क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने । इतर पक्ष यसअघि नै नवीकरण गरिएको क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने भन्छ, संस्थापनपक्षले हरेकले आफ्नो सदस्यता आफैं वडामा गएर डिजिटल अद्यावधिक गर्नुपर्ने बताउँदै आएको छ ।

इतर पक्षले सहमतिका लागि साउन अन्तिमसम्मको समय संस्थापन पक्षलाई दिएको छ । त्यतिबेलासम्म पनि संस्थापनले आफ्ना सर्त स्वीकार नगरे नयाँ पार्टी बन्न सक्ने चेतावनी पनि इतरपक्षको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकी प्रदेश सरकारले घरेलु मदिरा र गाँजा खेतीलाई वैधानिकता दिने घोषणा गरेको निकै भइसकेको थियो । पोहोर साल प्रदेश सभाले घरेलु मदिरालाई वैधानिकता दिने विधेयक पारित गर्यो ।...
प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा भारत भ्रमणका लागि बिहीबार (साउन ७)त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश डा. शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।
ओलीको प्रस्ताव– लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिलौं

ओलीको प्रस्ताव– लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिलौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन् ।