नेभिगेशन
मुख्य समाचार

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित यो समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन १ साताको समयसीमा दिइएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार यसै गम्भीर विषयलाई लिएर सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार साउने सोमबारका अवसरमा ‘बोलबम’ यात्राका लागि एउटा पक्षले रातको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो। मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच विवाद चर्किएर झडपको स्थिति बनेको थियो।

Ncell
Extreme Energy

झडपले उग्र रूप लिएपछि भिड नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र त्यसपछि हवाई फायर गरेको थियो। तर, पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको दाबी गरेको छ। सोही क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।

मृत्युको घटनापछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासनले कडा कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुने गरी सुनसरीका ५ वटा मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेका छन्।

प्रजिअ घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगन्ज बजार क्षेत्रका चार किल्लाभित्र कफ्र्यु लगाइएको छ। तोकिएको सीमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले कफ्र्यु आदेश उल्लंघन गर्नेलाई १ हजार रुपैयाँ जरिवाना र १ महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि यी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।