नेभिगेशन
नेताका कुरा

क्रियाशील सदस्यता टुंग्याउँदै कांग्रेस, यस्ता छन् पाँच निर्णय

काठमाडौँ । महाधिवेशनकाे संघारमा रहेको नेपाली कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापनमा जुटेको छ । 

पार्टीका महामन्त्री प्रदीप पौडेलले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकका रुपमा सदस्यता टुंग्याउने कामको अगुवाइ गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार सदस्यता व्यवस्थापन समितिले विभिन्न निर्णयहरु गरेको छ । 0

Ncell
Extreme Energy

पहिलो प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापति मार्फत नयाँ क्रियाशील सदस्यता आवेदन र अनलाइन सिष्टम मार्फत स्वयं सदस्यता आवेदन फारम भरी वडा सभापतिको पोर्टलमा होल्डमा रहेका क्रियाशील सदस्यहरुको सदस्यता आवेदन वडा सभापतिले अनुमोदन गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकिएको छ । यसैगरी पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतका तहबाट अनुमोदन गरि पठाएको मितिले ३/३ दिन भित्र नयाँ क्रियाशिल सदस्यको अनुमोदन गरी सक्नुपर्नेछ ।

दाेस्राे सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पूर्व निर्णय बमोजिम भातृ संघ तथा शुभेच्छुक संस्था, इन्टरनेटको पहुँच कम भइ अद्यावधिक गर्न छुटेका उच्च हिमाली र विकट पहाडी जिल्लाका सदस्यहरुको अद्यावधिक गर्ने कार्य एक्सेल फारम मार्फत केन्द्रबाट गरिने हुँदा त्यस्ता अद्यावधिक फारमहरु साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नु पर्नेछ । एक्सेल फारम मार्फत प्राप्त भएका सदस्यहरुको सदस्यता अद्यावधिक केन्द्रबाट गरिनेछ ।

तेस्रो, प्रतिनिधि सभा क्षेत्र तथा मातहतका सभापतिहरुले क्रियाशील सदस्यता अद्यावधिक नगरी डिजिटल सिष्टममा अद्यावधिक हुन नसकेका तहहरुको हकमा सभापतिहरुको वैकल्पिक व्यवस्था गरी क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता अनुमोदन गर्नका लागि केन्द्रीय प्रतिनिधिको सिफारिसमा सभापति तोकी केन्द्रीय कार्यसमितबाट अनुमोदनका लागि पेस गर्नेछ ।

चाैथो, कुनै जिल्लामा विविध कारणले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरुको सदस्यता अद्यावधिक गर्ने कार्य केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रले गर्नेछ ।

 कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालकाअनुसार पाँचौमा कुनै वडामा क्रियाशील सदस्यता संख्या ४० भन्दा कम र ३५ वर्ष भन्दा कम उमेर समूहका सदस्यहरुको संख्या ५ भन्दा कम भएको अवस्थामा त्यस्ता वडाहरुमा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।