नेभिगेशन
नेताका कुरा

‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा सबै राजनीतिक दलको साझा धारणा सार्वजनिक गर्दै छिट्टै संयुक्त अपिल जारी गरिने बताएका छन्।

बुधबार सिंहदरबारमा आफूले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुनसरी घटनाप्रति सबै दल एकै ठाउँमा उभिएको जानकारी दिए । उनले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक–फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं । सबै दलको एउटा संयुक्त अपिल छिट्टै आउँछ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बैठक दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । बैठकमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले घटनाबारे आफ्नो धारणा र मार्गनिर्देशन प्रस्तुत गरेको उनले जानकारी दिए ।

Marvel
Extreme Energy

लामिछानेका अनुसार सरकारले पनि सुनसरी घटनाका सन्दर्भमा आफ्नो काम गरिरहेको छ । सर्वदलीय बैठकबाट प्राप्त सुझाव र राजनीतिक दलहरूको धारणालाई सरकारसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइने उनले बताए ।

प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित रहेको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले यो बैठक राजनीतिक दलका शीर्ष नेताहरूबीचको भएकाले सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको बताए ।

उनले सुनसरी घटनाजस्तो संवेदनशील विषयमा दलहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै संयुक्त अपिलमार्फत शान्ति, संयम र जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षलाई आग्रह गरिने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार...
स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो साझा गर्दै ‘देश उभो लाउने टोली’ लेखेका छन् ।
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलव्ध गराउन सरकारलाई निर्देशन

सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलव्ध गराउन सरकारलाई निर्देशन

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरत बहादुर...
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

यस अगाडि प्रधानमन्त्री शाहलाई  इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा   भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे,...