नेभिगेशन
सबै कुरा

सन्दकपुरमा व्यावसायिक रुपमा चौँरीपालन

१५ भदौ, इलाम-  चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन्। यस ठाउँको धुपी क्षेत्रमा परम्पारगत रूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उहाँले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताए।

Ncell
Extreme Energy

सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा युवाले सक्रियता देखाएका छन् ।

लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र हो । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौँरीका लागि अनुकूल मानिन्छ । चौँरी घरपालुवा र जङ्गली गरी दुई प्रकारको हुन्छ । उराङ जातको चौँरीलाई घरमा पाल्ने गरिएको छ ।

फालेलुङमा चौँरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ । चौँरीपालनमा युवा बढी संलग्न छन् । चौँरीको दूधबाट मात्र होइन रौँबाट पनि आम्दानी हुने गरेको छ । रौँबाट राडीपाखी बन्ने गरेको छ । गाई किर्खोबाट जन्मिने चौँरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौँरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसलाई महिला दिवसले छोएन...

जसलाई महिला दिवसले छोएन...

‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका...