नेभिगेशन
पूर्वाधार

मधेशमा ३३ केभीको नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभाम्वित हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ । 

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार मधेश प्रदेशको सप्तरी जिल्लास्थित खडक नगरपालिका (पानसेरा) मा नवनिर्मित ३३/११ केभी, ६/८ एमभिए क्षमताको सबस्टेसन बुधबारदेखि सञ्चालनमा आएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सप्तरीको उत्तर-पश्चिम भागमा अवस्थित यस आयोजनाको लागत करिब १२ करोड रुपैयाँ रहेको छ । यसअन्तर्गत १० किलोमिटर लामो ११ केभीको उच्च भोल्टेज (हाइ टेन्सन) लाइन निर्माण गरिएको छ । जसबाट कदमहा, लालपत्ता, कल्याणपुर तथा सुरुङ्गा र खडक नगरपालिकाका करिब १५ हजार उपभोक्ता लाभान्वित हुनेछन् । 

Ncell
Extreme Energy

नयाँ सबस्टेसनले भोल्टेजको स्तरमा सुधार ल्याउनुका साथै विद्युत आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ) समस्या कम गर्ने र सर्वसाधारणलाई गुणस्तरीय विद्युत सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)

यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन भएको छ। पहिरो गएको स्थानभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गरिएको हो।
क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ ।
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

भर्खरै