नेभिगेशन
समाज

प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

काठमाडौँ । सुनसरीको देबानगञ्ज घटनापछि मधेश प्रदेशसम्म फैलिएको हिंसा नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले मधेशका १५ जिल्लामा प्रहरीका उच्च अधिकृतहरुलाई खटाएको छ ।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उनीहरुलाई निश्चित जिम्मेवारी तोकिएको छ । केन्द्रबाट खटाइएका उच्च अधिकृतहरुले सुरक्षा व्यवस्थापनसँगै समन्वयको कामसमेत गर्ने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एआईजी शिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र एआईजी ईश्वर कार्कीलाई सुनसरीमा खटाइएको छ ।

Ncell
Extreme Energy

त्यस्तै डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा र डीआईजी  अबिनारायण काफ्लेलाई सप्तरी तथा एसएसपीहरु गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन र कृष्णप्रसाद पंगेनीलाई महोत्तरी खटाइएको छ ।  त्यस्तै, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ ।

प्रहरीले भनेको छ– ‘हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्ने, परिस्थितिलाई काबू बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी प्रहरी अधिकृतहरुलाई विभिन्न प्रदेशरजिल्लाको जिम्मेवारी तोकिएको छ ।’

को कहाँ खटाइए ? 

एआईजी शिद्धीविक्रम शाह- बाँके
एआईजी हिमालयकुमार श्रेष्ठ- मधेश प्रदेश
एआईजी उमाप्रसाद चतुर्वेदी- कपिलवस्तु
एआईजी ईशवर कार्की- कोशी प्रदेश र सुनसरी
डीआईजी दिनेशकुमार आचार्य- सिराहा 
डीआईजी अबिनारायण काफ्ले- सप्तरी
एसएसपी- गोपालचन्द्र भट्टराई- सर्लाही
एसएसपी सोमेन्द्र सिंह राठौर- पर्सा
एसएसपी दीप शम्शेर जबरा- रौतहट
एसएसपी नवराज अधिकारी- चितवन
एसएसपी कृष्णप्रसाद पंगेनी- महोत्तरी
एसएसपी होबिन्द्र बोगटी- बारा
एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल- मोरङ
एसएसपी भुवनेश्वर तिवारी- धनुषा
एसएसपी अमरेन्द्रबहादुर सिंह- मधेश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।