नेभिगेशन
नेताका कुरा

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेसमा हालै भएका हिंसात्मक घटनाहरूको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेको छ । शुक्रबार काठमाडौँमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पछिल्ला घटनाक्रमबारे गहिरो समीक्षा गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको भन्दै पार्टीले राज्यले संयमता गुमाउँदा तनावपूर्ण अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ । समस्याको समाधान दमन र गोली प्रहारबाट नभई संवाद, सहिष्णुता र विधिको शासनबाट खोजिनुपर्नेमा राप्रपाको जोड छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेषगरी हिन्दु चाडपर्व वा धार्मिक महोत्सवका बेला पटक–पटक तनाव र साम्प्रदायिक विवाद उत्पन्न हुने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राप्रपाले यस्ता घटनाको पृष्ठभूमि, योजनाबद्ध पक्ष र सुरक्षा कमजोरीको गहिरो अध्ययन गर्न सरकारलाई आग्रह गरेको छ । यस्ता घटना सधैँका लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाएर तत्काल संवाद थाल्न र नागरिकले निर्भयपूर्वक आफ्नो धर्म र संस्कृतिको अभ्यास गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

Ncell
Extreme Energy

यसका साथै, राप्रपाले २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् अवलम्बन गरिएको वैचारिक तथा संवैधानिक मार्गचित्रले राष्ट्रिय एकता सुदृढ गर्न नसकेको भन्दै त्यसमाथि गम्भीर राष्ट्रिय समीक्षा अपरिहार्य भएको ठहर गरेको छ ।

वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनस्र्थापनाको एजेन्डा कुनै समुदायको अधिकार सीमित गर्न नभई नेपालको ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता र सबैको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्न भएको पार्टीले पुनः प्रस्ट पारेको छ । पछिल्लो दुई दशकको अभ्यासले हिन्दुराष्ट्रको आवश्यकता प्रमाणित गरिसकेको भन्दै राप्रपाले सम्पूर्ण नेपाली नागरिकलाई संयम, विवेक, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान समेत गरेको छ ।

760587818_10239243338196222_5994226394505178277_n-1785497077.jpg

760491700_10239243338036218_3883390669799601032_n-1785497077.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै