नेभिगेशन
मुख्य समाचार

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद बहाली गर्दै बसेको आयोगको बैठकले संसदमा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा अनुरूपको प्रत्यायोजन विधायनको मस्यौदा तयार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले निर्वाचनमा आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने, मतदाता नामावली त्रुटिरहित, अद्यावधिक तथा विश्वसनीय बनाउन मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै नागरिक अपेक्षा र प्रविधिको विकासले ल्याएका सम्भावनाअनुरूप निर्वाचन सुधारका रणनीति तयार तथा परिमार्जन गर्न चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधिक समीक्षा गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Marvel
Extreme Energy

‘आजै प्रमुख निर्वाचन आयुक्त मानवहादुर कार्कीले आयोगका कर्मचारीहरूलाई निर्देशन सहितको सम्बोधन गर्नुभएको छ । उक्त सम्बोधनको क्रममा उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको निर्वाचन आयोग लोकतन्त्रको मेरूदण्ड र जनमतको रक्षा कवच भएकोले आयोगको गरिमा तथा जनविश्वासलाई अझ उच्च बनाउन विधि, प्रविधि र व्यवस्थापकीय क्षेत्रमा थप सुधारको लागि योजनावद्ध, नतिजामुखी तथा समयबद्ध रूपमा कार्य सम्पादन गर्न आग्रह गर्नुभएको छ । कार्य सम्पादनका क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न, सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन, कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न तथा उच्च मनोबल, व्यावसायिकता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो,’ प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रेस स्वतन्त्रतामाथि धावा बोल्न नपाइने बताएका छन् ।
एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ ।
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।