नेभिगेशन
सबै कुरा

रौतहटमा स्यालको टोकाइबाट १८ जना घाइते

रौतहट । रौतहटको गढीमाई नगरपालिका- ७ मा स्यालको आक्रमणबाट एकै दिन १८ जना किसान घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

बिहिबार  गाईबस्तुलाई घाँस काट्न गएका, बाली हेर्न खेतमा गएका किसानलाई स्यालले आक्रमण गर्दा उनिहरु घाइते भएको वडाअध्यक्ष टपेन्द्र राय यादवले जानकारी दिए ।

घाइते हुनेहरूमा अधिकांश गढीमाई नगरपालिका-७ धर्मपुर, धनाडी र लक्ष्मीपुर टोलका किसान रहेको वडाध्यक्ष यादबले बताए ।

स्यालको टोकाइबाट घाइते हुनेहरूमा महेन्द्र महतो नुनिया, मन्तोरिया देवीलगायतका सबै जना प्रादेशिक अस्पताल गौरमा उपचार लागि पुगेको एक स्थानीय जानकारी दिए।

स्थानीय स्वास्थ्य चौकी तथा नगर अस्पतालमा स्यालले टोकेपछि पाइने खोप उपलब्ध नभएकाले घाइते सबै प्रादेशिक अस्पताल गौर पुगेका हुन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...