नेभिगेशन
नेताका कुरा

सबै पालिकामा मिसन पार्टी जागरण अभियान सुरु गर्न एमाले महासचिव पोखरेलको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउन सबै पालिकामा तत्काल अभियान सुरु गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँग भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । अभियानलाई प्रभावकारी बनाउन पार्टी कमिटीसँगै जनसंगठनलाई पनि सक्रिय रूपमा परिचालन गर्न उनले आग्रह गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार अहिले जिल्ला कमिटीहरूले बैठकमार्फत कार्ययोजना तयार गरी अभियान अघि बढाइरहेका छन् भने पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । वर्ग, समुदाय र विभिन्न पेशागत क्षेत्रलाई समेटेर अभियान सञ्चालन गर्न उनले निर्देशन दिए ।

Ncell
Extreme Energy

पार्टी सुदृढीकरणका लागि विचार, संगठन र नेतृत्व तीनै पक्षमा पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले जनताको बहुदलीय जनवादलाई समयानुकूल रूपमा थप समृद्ध बनाउँदै लैजानुपर्ने बताए । स्थानीय कमिटीहरूलाई चलायमान बनाउन पुनर्गठन, रिक्त पदपूर्ति तथा संगठन विस्तारका कामलाई प्राथमिकता दिन पनि उनले निर्देशन दिए ।

युवा सहभागिता बढाउने उद्देश्यले विगतमा ल्याइएका नीति व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको स्वीकार गर्दै उनले ‘मिसन पार्टी जागरण’ पनि निर्देशनमै सीमित नहोस् भन्नेमा विशेष ध्यान दिन आग्रह गरे । पार्टीलाई सुधार र रूपान्तरणको नयाँ चरणमा लैजान संस्थागत निर्णयमार्फत अघि बढाइने उनको भनाइ थियो ।

महासचिव पोखरेलले पार्टी सदस्यता नवीकरण अभियानलाई सफल बनाउन मातहतका कमिटीलाई निर्देशन दिँदै आवश्यक परे पार्टी केन्द्रबाट थप सहजीकरण गरिने बताए ।

वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै उनले शासन सञ्चालनको अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेकाले मुलुक संकटतर्फ धकेलिएको दाबी गरे । विभिन्न स्वार्थ समूहको सक्रियता बढिरहेको उल्लेख गर्दै उनले सरकारले सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको राजनीति गरेको तथा अहिले कानुन र विधिलाई बेवास्ता गर्दै स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख भइरहेको आरोप लगाए ।

सरकारको गतिविधिविरुद्ध आवश्यक परे कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै मातहतका पार्टी कमिटीलाई त्यसका लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए ।

बैठकमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले सदस्यता नवीकरण अभियानको प्रारम्भिक प्रगति उत्साहजनक रहेको जानकारी दिए । असार मसान्तसम्मको समयसीमा तोकिए पनि सदस्यता नवीकरणलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

भर्चुअल बैठकमा प्रदेश अध्यक्षहरूले ‘मिसन पार्टी जागरण’ अभियान, सदस्यता नवीकरण र संगठनात्मक गतिविधिबारे आ–आफ्नो प्रदेशको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै