नेभिगेशन
नेताका कुरा
एमाले कोशी विवाद

अध्यक्ष ओलीले कोशीका मुख्यमन्त्री कार्कीसहितका नेतासँग छलफल गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छलफल गर्दैछन् ।

नयाँ मुख्यमन्त्री चयनमा पार्टीभित्रै विवाद बढिरहेका बेला अध्यक्ष ओलीले प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री कार्की र प्रदेश अध्यक्ष खतिवडालाई काठमाडौं आउन निर्देशन दिएका थिए ।
अध्यक्ष ओलीको निर्देशनपछि नेतात्रय मंगलबार जहाजमार्फत काठमाडौं आउन लागेको एक नेताले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीलाई हटाएर ताप्लेजुङका प्रदेश सांसद  तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन खोजेका अध्यक्ष ओलीले विराटनगरमा कुनै प्रगति नभएपछि कार्की र खतिवडालाई काठमाडौँ डाकेका हुन् । 
ओली, इन्चार्ज राई, मुख्यमन्त्री कार्की र प्रदेश अध्यक्ष खतिवडाबीच भक्तपुरको गुण्डुस्थित ओली निवासमै छलफल गराउने तयारी छ ।

Ncell
Extreme Energy

ओलीले आफ्नो प्रतिनिधिका रुपमा पार्टी सचिव एवम् पूर्वमुख्यमन्त्री राईलाई विराटनगर पठाएका थिए । राईले कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अध्यक्षका तर्फबाट आग्रह गरे पनि कार्कीले उक्त आग्रह अस्वीकार गरेपछि विवाद बढेको हो ।

गत साता एमालेका चार शीर्ष नेता अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलका बीचमा कोशीमा कार्कीलाई निरन्तरता दिने सहमति भएको थियो । तर, उक्त सहमतिविपरीत ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन खोजेपछि सिंगो एमाले तरंगित छ ।

कार्कीले आफूले मुख्यमन्त्री छाड्नुपर्ने भए पार्टी सचिवालयले लिखित रुपमा निर्णय गर्नुपर्ने शर्त राखेका छन् ।

तर, ओलीले भने लिखित निर्देशन नदिई मौखिक निर्देशन मात्र दिइरहेका छन् ।

भोलिको छलफलमा महासचिव शंकर पोखरेल भने सहभागी हुने छैनन् । पोखरेल पूर्वनिर्धारित कार्यक्रम अनुसार दाङ जाने छन् ।

एमालेमा कोशी प्रदेशका मुख्यमन्त्री कार्की र प्रदेश अध्यक्ष खतिवडा दुवै जना अध्यक्ष ओली पक्षधर हुन् । तर, पछिल्लो समय ओली र कार्की टाढिँदै गएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै