नेभिगेशन
नेताका कुरा

कोशीका मुख्यमन्त्री परिवर्तनको बहानामा पार्टीभित्र रडाको मच्चाइयो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । उनले कोशीका मुख्यमन्त्री हटाउने नाममा पार्टीभित्र अनावश्यक रडाको मच्चाइएको टिप्पणी गर्दै यस्ता विषयमा पारदर्शी र संस्थागत ढंगबाट निर्णय हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले प्रदेश सरकारको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयमा पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेश कमिटी र संसदीय दलमा पर्याप्त छलफल नगरी अघि बढ्नु उचित नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेकपाकाल (२०७४–२०७७) मा कर्णालीमा एमालेका वरिष्ठ नेताहरू हुँदाहुँदै मुख्यमन्त्री माओवादीलाई दिइएको, त्यसपछि पटक–पटक कांग्रेस र माओवादीबीच नेतृत्व फेरिए पनि एमालेले बहुमत जुटाइदिने भूमिकामै सीमित रहनुपरेको स्मरण गरेका छन् ।

Ncell
Extreme Energy

विष्टले पछिल्लो पटक एमाले–कांग्रेस गठबन्धन बनेपछि कर्णालीको नेतृत्व एमालेले लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको उल्लेख गरेका छन् । कँडेलको नेतृत्वमा कर्णाली सरकारले बजेट निर्माण, कार्यान्वयन र सुशासनका क्षेत्रमा सकारात्मक काम गरेको भन्दै उनले अहिले कँडेल र कर्णाली प्रदेश पार्टीलाई नै ‘सजाय’ दिन खोजिएको जस्तो देखिएको टिप्पणी गरेका छन् ।

उनले बाँकी प्रदेशका मुख्यमन्त्रीहरू यथावत राखेर केवल कोशी प्रदेशमा नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद सिर्जना गर्नुको औचित्यमाथि पनि प्रश्न उठाएका छन् । कसैलाई मुख्यमन्त्री बनाउनु परे स्पष्ट कारण र तर्कसहित पार्टीका सम्बन्धित निकायमा छलफल गरेर निर्णय गर्न सकिने भए पनि ‘साटासाट, ठोकाठोक र शक्तिको भाषा’ प्रयोग गरिएको उनको आरोप छ ।

‘एउटाका लागि एउटा मापदण्ड र अरूका लागि फरक–फरक मापदण्ड किन? प्रदेश सरकार र मुख्यमन्त्रीको विषय गिजोलेर के पौरखा गर्न खोजिएको हो?,’ भन्दै  भट्टराईले पार्टी नेतृत्वसँग प्रश्न गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै