नेभिगेशन
सबै कुरा

‘खुलामंचलाई खुलै रहन दिऊॅ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीको विरोध गरेका छन् । उनले ‘पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल’ रहेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यसलाई खुल्लै राख्न माग गरका छन् । 

सामाजिक संजालमा उनले लेखेका छन्, ‘खुलामंचलाई खुलै रहन दिऊॅ। यो पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो ! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ । बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ ! जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन।’

Global Ime Bank

काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सार्दै त्यस सम्बन्धमा छलफल थालेको छ । सोही विषयको पछिल्लो विरोध बढेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...
रबि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध पाँचखालमा हस्ताक्षर संकलन

रबि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध पाँचखालमा हस्ताक्षर संकलन

रास्वपा पाँचखाल नगर समितिले पार्टी सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन गरेको छ । समितिले काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर स्थित समाजकल्याण चोकमा डेक्स स्थापना गरी...
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३।८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

भर्खरै