नेभिगेशन
नेताका कुरा

कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले मात्रै सक्यो २ अर्ब ११ करोड बजेट, उपलब्धी शून्य

काठमाडौँ । कांग्रेस, एमाले र नेकपाको पछिल्ला तीनवटा सुकुमबासी आयोगले २ अर्ब ११ करोड बजेट खर्च गरेको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा सुकुम्बासी आयोगका नाममा राजनीतिक भर्ती गरेर २ अर्ब ११ करोड खर्च गरेको भेटिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो तथ्यांक पछिल्लो तीन वटा आयोगकै मात्रै हो । ०४७ यताका आयोगको त हिसाबै छैन । 

Ncell
Extreme Energy

तीनवटा आयोगमा कार्यकर्ता भर्ती गरेर अर्बौ सकेका पुराना दलले अहिले सरकारले खर्च नै नहुनेगरी बनाएको प्रशासनिक समितिमा भने प्रश्न उठाएका छन् । सरकारले केन्द्रमा उच्च अदालतको न्यायाधीशले नेतृत्व गर्नेगरी चार जना विज्ञ सदस्यको समिति बनाएको छ भने जिल्लामा सिडिओको अध्यक्षतामा पालिकाको प्रतिनिधि, नापीको प्रतिनिधि सदस्य सचिव हुनेगरी समिति बनाएको छ ।

विगतमा राजनीतिक भर्ती केन्द्र बनाएर कार्यकर्ता पालेका र आयोगमार्फत नक्कली सुकुमबासी थप्दै आएका पुराना दल कांग्रेस, एमाले र नेकपाले अहिलेको प्रशासनिक आयोगले धमाधम काम गरिरहेका बेला प्रश्न उठाएपछि सरकारले विगतमा आयोगका नाममा भएको खर्च विवरण सार्वजनिक गरेको हो । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसदमै सुकुमबासीका नाममा अब राजनीति नचल्ने बताइन् । 

'यहाँ सिडिओको प्रशासनिक कमिटी नमान्ने कुरा आयो । के पुरानै राजनीति नै गर्ने बनाउने हो त ? आर्थिक वर्ष ०७७/०७८ देखि ०८२/०८३ सम्म तीनटा आयोग गठन भए । तीनटा आयोगको खर्च २ अर्ब ११ करोड छ । ०४७ सालदेखि बन्न थालेको आयोगको खर्च हेर्ने हो भने कति पुग्ला, हामी आकलन गर्न सक्छौं । त्यही भएर यो तीनटा आयोगको २ अर्ब ११ करोडमात्रै सुकुमबासी व्यवस्थापनको लागि विनियोजन गरेको भए सायद यो अहिलेसम्म भइसक्थ्यो होला, यो बजेटले । आज यो तीनवटा आयोगको २ अर्ब ११ करोड खर्चको छलफल गर्ने कि नगर्ने ?' उनले प्रश्न गरिन् । उनकाअनुसार त्यतिबेला तीनवटा आयोगमा जनशक्तिमात्रै ६ सय जना थिए । प्राविधिक कर्मचारी हजार जना राखिएको थियो । 'तिनीहरुको व्यवस्थापनका लागि मन्त्रालयलाई हम्मे हम्मे परेको छ, कसरी व्यवस्थापन गर्ने त्यतिजना कर्मचारीको ?' मन्त्री रावलले प्रश्न गरिन् । 

मन्त्री रावलले पछिल्ला आयोगहरु राजनीतिक भर्ती केन्द्र बनेको बताइन् । 'किनभने जग्गा प्रशासन भनेको प्राविधिक कुरा हो । त्यसमा समान्य मान्छेले बुझ्छु अथवा राजनीति मान्छेले समाधान गर्छु भनेर सक्दैन । जग्गा प्रशासनमै, नापीमै काम गरेको प्राविधिकले सक्छ,' उनले भनिन्, 'त्यसकारण यस्तै खाले आयोगबाट हुन सकेन भनेर प्रशासनिक आयोग बनायौं । पुरानै खाले आयोगबाट जाँदा हुँदैन, यो सरकार पनि फेलियर हुन्छ, सबैजनाको सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लाजपूर्जा दिनुपर्छ, यही सरकारको पालामा दिनुपर्छ भन्दा सम्भव थिएन । त्यसैले हामीले जिल्लामा सिडिओको अध्यक्षतामा समिति गठन गर्यौं । पालिकाको प्रतिनिधि हुन्छ । नापीको प्रतिनिधि सदस्य सचिव हुन्छ । केन्द्रमा मात्र चार जना विज्ञ सदस्य राख्यौं । उच्च अदालतको न्यायाधीशले लिड गर्नुहुन्छ । यो राजनीतिक भर्ती केन्द्र होइन । प्राविधिक मान्छे, काम गरेर जानेको मान्छे, भूमि र नापी प्रशासनमा लामो समय काम गरेको अनुभवी पूर्वकर्मचारीहरु हुनुहुन्छ । त्यही भएर चाँडो जेठ १९ बाट नै लागु हुनेगरी लाजपूर्जा वितरण सुरु गर्न सक्यौं । किनभन्दा यही राजनीतिक नेतृत्व त्यो समितिमा नभएर प्राविधिक जग्गा प्रशासन बुझेका मान्छेहरु समितिमा भएर छोटो समयमा सुरुवात गर्न सक्यौं ।'  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै