नेभिगेशन
सबै कुरा

सिभिल अस्पतालको प्रशासनिक भवनमा कर्मचारीको तालाबन्दी

काठमाडौँ । बिभिन्न माग राख्दै आन्दोलनरत काठमाडौँको मीनभवनस्थीत निजामती कर्मचारी अस्पतालका करार कर्मचारीहरुले प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीहरुको हकहित सुनिश्चित गर्नका लागि संशोधन गर्नुपर्ने लगाएतका माग राखेर आन्दोलनरत करार सेवाका कर्मचारीहरुले अस्पतालको प्रशासनिक भवनमा तालावन्दी गरेका हुन् । कार्यकारी निर्देशकका साथै आर्थिक तथा प्रशासन बिभाग प्रमुखको कार्यकक्षमा ताला लगाउन खोज्दा सुरक्षाकर्मीहरुले रोकेका थिए ।

Ncell
Extreme Energy

त्यसपछि उनीहरुले अस्पतालको प्रशासनिक भवनमा नै तालावन्दी गरेका छन् । करार कर्मचारी हित संघर्ष समितिले विनियमावली निर्माण गर्दा निजामति कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई सहभागी गराउनुपर्ने, विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई पूर्ववत सेवा र सुविधाको निरन्तरता कायम गर्नुपर्ने, स्थायी प्रक्रियामा जाने व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको छ । त्यस्तै उनीहरुले कर्मचारीहरुको बृत्ति विकासमा न्यायापूर्ण समानता र पेशागत सुरक्षा कायम गर्न माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...