नेभिगेशन
सबै कुरा

सिभिल अस्पतालको प्रशासनिक भवनमा कर्मचारीको तालाबन्दी

काठमाडौँ । बिभिन्न माग राख्दै आन्दोलनरत काठमाडौँको मीनभवनस्थीत निजामती कर्मचारी अस्पतालका करार कर्मचारीहरुले प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् ।

अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीहरुको हकहित सुनिश्चित गर्नका लागि संशोधन गर्नुपर्ने लगाएतका माग राखेर आन्दोलनरत करार सेवाका कर्मचारीहरुले अस्पतालको प्रशासनिक भवनमा तालावन्दी गरेका हुन् । कार्यकारी निर्देशकका साथै आर्थिक तथा प्रशासन बिभाग प्रमुखको कार्यकक्षमा ताला लगाउन खोज्दा सुरक्षाकर्मीहरुले रोकेका थिए ।

Global Ime Bank

त्यसपछि उनीहरुले अस्पतालको प्रशासनिक भवनमा नै तालावन्दी गरेका छन् । करार कर्मचारी हित संघर्ष समितिले विनियमावली निर्माण गर्दा निजामति कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई सहभागी गराउनुपर्ने, विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई पूर्ववत सेवा र सुविधाको निरन्तरता कायम गर्नुपर्ने, स्थायी प्रक्रियामा जाने व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको छ । त्यस्तै उनीहरुले कर्मचारीहरुको बृत्ति विकासमा न्यायापूर्ण समानता र पेशागत सुरक्षा कायम गर्न माग गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...
रबि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध पाँचखालमा हस्ताक्षर संकलन

रबि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध पाँचखालमा हस्ताक्षर संकलन

रास्वपा पाँचखाल नगर समितिले पार्टी सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन गरेको छ । समितिले काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर स्थित समाजकल्याण चोकमा डेक्स स्थापना गरी...
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३।८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

भर्खरै