नेभिगेशन
सबै कुरा

भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो सिधा उडान

भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो चार्टर्ड उडान भएको छ । चीनको  सिञ्जेन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवामा हिमालय एयरलाइन्सको  जहाजले  चार्टर्ड उडान भरेको भैरहवा  अन्तराष्ट्रिय विमानस्थलले जनाएको  छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

  

Ncell
Extreme Energy

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यकाअनुसार १७० चिनियाँ यात्रु बोकेको हिमालय एयरलाइन्सको  जहाज  बिहीबार भैरहवा विमानस्थलमा अवतरण गरेको  हो ।  धार्मिक पर्यटक बोकेर आएकोे  सो जहाज  शुकबार नै चीन  फर्केको  छ  । बज्राचार्यका अनुसार भैरहवा विमानस्थलमा यो चीनबाट भएकोे  पहिलो सिधा उडान हो । 

शुक्रबार  चीन  फर्केको  टोलीलाई  बिदाइ गर्न नेपालका लागि चिनियाँ राजदूत छेनसोङ भैरहवा विमानस्थल पुगेका  थिए । चीनबाट नेपालको भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो सिधा उडान सम्पन्न भएको उनले ट्वीटरमा  लेखेका छन्  ।  नेपाल चीन धार्मिक सांस्कृति आदान प्रदानको  सेतु अन्र्तगत चिनियाँ भूमीसँग सिधा लुम्बिनी जोडिएको  राजदूत  सोङले  ट्वीटरमा भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देवीघाटमा एक्रो बृज पुलको जडान सकियो

देवीघाटमा एक्रो बृज पुलको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...