नेभिगेशन
सबै कुरा

पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

पाँचथर। पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् । 

Global Ime Bank

कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन् । विगतमा १५ श्ययामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त रहेको छ । 

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वुद्धिबहादुर थापाका अनुसार प्रशासनिक संरचना बदलिँदा प्रदेश सरकार मातहत सञ्चालनमा रहेको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गुणस्तरीय बन्न सकेको छैन । विसं २०४५ मा स्थापित जिल्ला अस्पतालमा ०६९ मा संशोधित व्यवस्थाअनुसार ३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ । जसमध्ये हाल १७ पद रिक्त छ । तर अस्पतालले दरबन्दी करारमा १४ जना, प्रदेश करारमा १० जना, छात्रवृत्ति करारमा छ जना, कार्यक्रम करारमा १० जना, स्वास्थ्यकर्मी करारमा तीन जना र अस्पताल विकास समिति करारमा ३१ जना कर्मचारी नियुक्त गरी ५० श्ययाको सेवा दिँदै आएको छ ।

स्तरोन्नतिअनुसार दरबन्दी र जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ । दरबन्दी सिर्जनाका लागि प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै गर्न सकेको छैन । कोशी प्रदेश सरकारले मातहतका निकायहरुका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य नै नथालेको स्वास्थ्यकर्मी बताउँछन् । 

जनशक्ति अभावकै कारण विशेषज्ञ सेवा सञ्चालन, उपलब्ध भएका भेन्टिलेटर र सघन उपचार कक्ष ९आइसियु०को सञ्चालन समेत हुन नसकेको डा थापाले जानकारी दिए। पाँचथरसहित छिमेकका तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीलाई नियमित सेवा दिइरहेको जिल्ला अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापनका यहाँका सरोकारवालाले निरन्तर पहल गरे पनि सार्थक हुन सकेको छैन । 

गत आर्थिक वर्ष २०७९÷०८० मा यस अस्पतालमा आएका सेवाग्राहीको तथ्याङ्कले पनि यस अस्पतालको सुधार अपरिहार्य रहेको देखाउँछ । गत आवमा आकस्मिक सेवाबाट २९ हजार नौ सय ४२ जना, बहिरङ्ग सेवाबाट ७२ हजार एक सय ९५ जना, अन्तरङ्ग सेवाबाट तीन हजार तीन सय १० जना, आमा सुरक्षा कार्यक्रम सेवाबाट एक हजार एक सय २१ जना लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ ।

यस्तै सुरक्षित गर्भपतन सेवाबाट छ सय ८६ जना, नवजात शिशु विशेष उपचार सेवाबाट ५८ जना, शल्यक्रिया सेवाबाट दुई हजार १७ जना, रेडियोलोजी सेवाबाट २१ हजार छ सय ६५ जना, ल्याब सेवाबाट १८ हजार ४२ जना, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सेवाबाट ५५ जना, सामाजिक सेवा एकाइबाट एक हजार छ सय ७० जना, मेडिको लिगल सेवाबाट दुई सय ३४ जना, हेमोडायलाइसिस सेवाबाट चार जना सेवाग्राही लाभान्वित भएका छन् ।

गत वैशाखदेखि सञ्चालनमा आएको अस्पतालको नयाँ भवन सेवा प्रवाहमा भौतिक क्षेत्रमा भने केही सहज बनाएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट तथा सहरी विकास तथा भवन निर्माण विभागबाट ५० श्यया सञ्चालनका लागि रु २१ करोड ३४ लाख एक हजार नौ सय ८२ को लागतमा नयाँ भवन निर्माण भएको हो । २०७४ कात्तिक १६ गतेदेखि निर्माण सुरु भएको भवन गत वर्षको चैत २२ गते अस्पताल विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

सेवा प्रवाहको क्षेत्र ठूलो रहेको अस्पतालमा दरबन्दी र जनशक्ति अभाव, कर्मचारी आवासको उपयुक्त व्यवस्था नहुनु, समयसापेक्ष तालिमको अभाव, अस्पतालको घेराबारा हुन नसक्नु, अस्पतालमा प¥याप्त एम्बुलेन्स अभावजस्ता समस्या रहेको मेडिकल सुपरिटेण्डेण्ट डा थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै