नेभिगेशन
नेताका कुरा

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

सरकारी कागजात कीर्ते अभियोगमा जिल्ला अदालतले यादवविरुद्ध जारी गर्‍यो पक्राउ पूर्जी

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत पश्चिम नवलपरासीले पक्राउ पूर्जी जारी गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामबहादुर केसीले पालिका अध्यक्षको विषयमा अनुसन्धान भइरहेको तर पक्राउ पूर्जीको विषयमा केही बोल्न नमिल्ने बताए । यादवलाई पक्राउ गर्नका लागि बुधबार नै पक्राउ पूर्जी जारी गरिएको थियो । पक्राउ पूर्जी जारी भएको तीन दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन । 

Ncell
Extreme Energy

यादवविरुद्ध सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको भन्दै भारत विहार प्रदेश जिल्ला पश्चिम चम्पारन बालमिकी नगरमा अवस्थित सम्पर्क तथा भुआर्जन कार्यालय गण्डक योजना बाल्मिकीनगरका नेपालतर्फका भुआर्जन अधिकृत सोभित हलुवाईले ईलाका प्रहरी कार्यालय बेलाटारीमा २०८३ जेठ ६ गते जाहेरी दर्ता गराएका थिए ।

यादवले कीर्ते सम्झौता पत्र तयार गरी गण्डकअन्तर्गतको जग्गा भोगचलन गरी कृषि विकास बैंक, बर्दघाट शाखाबाट कृषि ऋण अनुदान लिई सो जग्गामा पोखरी बनाई माछापालन गर्दै आइरहेको भुआर्जन अधिकृत हलुवाईले बताएका छन् । 

उनी भन्छन्, 'उक्त जग्गा भोगचलन गर्न दिइएको सम्झौता कागजात बारम्बार माग्दा पनि नदिने र आफूसँग छ भन्ने मात्र । हामीले कहीबाट उक्त कागजात फेला पार्‍यौं , तर हाम्रो अफिसमा हेर्दा त्यस विषयमा कुनै पनि दर्ता नम्बर, जारी मिति केही नभेटिएपछि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उर्जा तथा जलश्रोत मन्त्रालय तथा गृहमन्त्रालयमा जानकारी गराएको थिए ।"

हलुवाईले भुआर्जन कार्यालयको तर्फबाट मिति २०८२ चैत्र ३ गते चलानी नम्बर १४७ मार्फत पत्र पठाएर सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेकोमा प्रमाण केही पनि दाखिला नगरी मौन रहनुले सम्झौता कीर्ते रहेको प्रष्ट भएको जाहेरीमा दावी गरेका थिए।

यता प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले पक्राउपूर्जीबारे जानकारी नभएको दाबी गरे । 'म अहिले काठमाडौँ छु । आजै फर्केने तरखरमा छु । पक्राउ पूर्जीको विषयमा मलाई त्यस्तो केहि जानकारी भएन,' उनले भने । 

स्थानीय प्रशासनका अधिकारीकाअनुसार यादवले आफू काठमाडौँमा रहेको दाबी गरे पनि उनी जिल्लामै उच्च अधिकारीको संरक्षणमा बसिरहेका छन् ।

6-1786081113.jpeg
 

7-1786080497.jpeg
3-1786080510.jpeg
111-1786080535.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै