नेभिगेशन
सबै कुरा

नेपाल भारत सीमाको ३८ स्थानमा १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी

काठमाडौँ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको  समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय  सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले  सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको  करिब १३÷३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए । 

Global Ime Bank

त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो । दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ । 

जोर अङ्कको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट  खडा गरिएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच  एक हजार आठ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्त र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ ।

भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो । त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ । ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा  एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ । मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ । 

बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र  विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ । सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ । त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन् ।

अर्धसैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैविक प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ । बलले यही माघ ९ गते आफ्नो २३औँ स्थापना दिवस मनाउँदैछ ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजाने क्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको  थियो । सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमान्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचालन गर्न ४५ वटा  सीमा पोष्टलाई नायब उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच हुँदै आएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठकसमेत आयोजना हुँदै आएको छ ।

नेपाल–भारत तथा नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भको विस्तृत विवरण जिआईएस प्रविधिद्वारा एपीएफ बोडर पिलर म्यानेज्मेन्ट सिस्टम राख्ने कार्य भइरहेको पनि प्रवक्ता खड्काले बताए ।

राज्यको भरपर्दो सुरक्षा निकायका रुपमा कानुनी व्यवस्था कायम राख्न मानवअधिकारको सम्मान गर्दै शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि बल अहोरात्र खटिरहेको सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै