नेभिगेशन
विदेशका कुरा

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ  ।

पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेका थिए । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्‍याएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई राष्ट्रपति ट्रम्प अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो झ्यालको पर्दा बन्द गर्न भनिएको थियो । युद्ध क्षेत्रमा सुरक्षाका कारण प्रायः अपनाइने यस्तो कदमले राष्ट्रपति ट्रम्पको सुरक्षालाई लिएर थप शङ्का उत्पन्न गरेको थियो ।

Marvel
Extreme Energy

यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको बताएका थिए  ।

नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकून् भन्ने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए ।  तर न्युयोर्क टाइम्ससहित अन्य अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए ।

विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षाबारे पनि प्रश्न उठाएको थियो । उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको थियो ।

कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो । सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाबारे राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए ।

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो । जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलोपटक उक्त विमानमा नर्थ डकोटा लगिएको थियो । त्यसको केही दिनपछि उनले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए ।

वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उहाँका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताए ।

उनले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताए । ह्वाइट हाउसले गत महिना पनि विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठेपछि यही धारणा सार्वजनिक गरेको थियो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ । त्यसपछि उक्त वाहनलाई सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि राष्ट्रपति ट्रम्प ठूलो विमानबाट सिँढी हुँदै ओर्लिएको भिडियोमा देखिन्छ । त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए ।

तर राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच शक्ति सङ्घर्ष हुन्छ : रामबहादुर थापा

आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच शक्ति सङ्घर्ष हुन्छ : रामबहादुर थापा

एमाले उपाध्यक्ष थापाले भने– फागुनको पुनरावृत्ति हुन्छ कि क्रमभङ्ग, मुख्य प्रश्न यही हो; आगामी निर्वाचनमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने पपुलिस्टहरूको रणनीति रहेको आरोप
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार
मकवानपुरको भैँसेमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुरको भैँसेमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुरको भैँसेमा सुमो दुर्घटना भएको छ।
चिनियाँ राष्ट्रपतिले सम्बोधन गरिरहँदा जब ट्रम्प मञ्चमै निदाए...

चिनियाँ राष्ट्रपतिले सम्बोधन गरिरहँदा जब ट्रम्प मञ्चमै निदाए...

एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको पूर्ण सत्र (प्लेनरी सेसन) मा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निदाएका छन् ।

भर्खरै