नेभिगेशन
मुख्य समाचार

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

काठमाडौं । नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

एमाले पुनर्जागरण अभियानले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न तत्काल छलफल, समीक्षा र निर्णयको प्रक्रिया अघि बढाउन माग गरिएको हो । पत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल, अध्ययन तथा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामले पार्टीले जनताको विश्वास गुमाउँदै गएको कठोर सन्देश दिएको उल्लेख छ । निर्वाचनमा भएको पराजयको समीक्षा गरी त्यसबाट पाठ सिक्दै पार्टीलाई पुनर्जीवन दिन र जनतामा नयाँ आशा तथा विश्वास पैदा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

Ncell
Extreme Energy

पार्टीभित्रको कमजोरी, बदलिँदो भू–राजनीतिक परिस्थिति तथा प्रविधि र एल्गोरिदमको प्रभावसमेत वर्तमान अवस्थाका कारण रहेको पत्रमा उल्लेख छ । त्यस्तै सरकारका कतिपय नीतिगत अन्योल र शासन सञ्चालनमा देखिएको अपरिपक्वताले राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाका विषयमा चिन्ता बढाएको दाबी गरिएको छ । छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध थप जटिल बन्दै गएको र जनताको दैनिक जीवनसमेत थप कष्टकर बन्दै गएको पत्रमा उल्लेख छ ।

एमालेले यसअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि १६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले जेठ ३० देखि असार २३ गतेसम्म सातै प्रदेशमा १३ वटा क्लस्टरमा सुझाव संकलन गरेको र असार २५ गते बसेको बैठकले संयोजक तथा सदस्य–सचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको पत्रमा उल्लेख छ । प्रतिवेदन तयार भइसकेको जानकारीसमेत सञ्चारमाध्यमबाट सार्वजनिक भएको जनाइएको छ ।

तर कार्यदलको प्रतिवेदन तयार भइसकेपछि पनि पार्टीका महत्वपूर्ण निकायको बैठक नबोलाइएको भन्दै पत्रमा असन्तुष्टि जनाइएको छ । यसले पार्टी पंक्तिमा थप अन्योल र निराशा सिर्जना गरेको उल्लेख गर्दै ढिलाइ नगरी कमिटीको बैठक बोलाएर सामूहिक छलफल, समीक्षा र निर्णयमार्फत पार्टीलाई निकास दिनुपर्ने माग गरिएको छ ।

पत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसाली प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल, अध्ययन तथा सार्वजनिक गर्नुपर्ने, केन्द्रीय सचिवालयको बैठक तत्काल बोलाउनुपर्ने र केन्द्रीय कमिटीको बैठक अविलम्ब आयोजना गर्नुपर्ने माग गरिएको छ ।

WhatsApp-Image-2026-08-12-at-15.28.55-1786528676.jpeg
 

त्यस्तै निर्वाचनमा भएको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गर्न, पार्टीलाई शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्संरचनाको ठोस खाका निर्माण गर्न तथा नेता–कार्यकर्ताको मनोबल उठाउँदै जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न माग गरिएको छ ।

आठबुँदे मागमा कमिटी प्रणाली, सामूहिक निर्णय र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउनुपर्ने तथा पार्टीलाई नयाँ ऊर्जा, नयाँ कार्यशैली र नयाँ विश्वाससहित पुनर्गठित गर्ने दिशामा तत्काल ठोस पहल गर्नुपर्ने उल्लेख छ ।

पत्रमा एमालेभित्रको समस्याको समाधान पार्टी बाहिर नभई पार्टीभित्रको विधिसम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित सामूहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै सम्भव हुने निष्कर्ष निकालिएको छ । ‘व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति, लाभभन्दा आत्मसमीक्षा र जडताभन्दा रूपान्तरण’ अहिलेको आवश्यकता भएको पत्रमा उल्लेख छ ।

पत्रको अन्त्यमा केन्द्रीय कमिटीको बैठक ढिला नगरी बोलाएर निर्णय समीक्षा गर्न, कमजोरी सच्याउन, पार्टीलाई पुनर्गठित गर्न र जनताको विश्वास पुनःअर्जन गर्न आग्रह गरिएको छ । पत्रमा ‘रूपान्तरण र पुनर्गठनका लागि पुनर्जागरण अभियान–२०८२’ अघि बढाउनसमेत माग गरिएको छ ।

एमालेमा नेपाल बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, रोशन बस्नेत, नवीना लामालगायत नेताहरूले पुनर्जागरण अभियान चलाएका छन् । शीर्ष नेताहरूसँग अनौपचारिक छलफल गर्दै पुनर्गठनको पक्षमा उभिन दबाब सिर्जना गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...