नेभिगेशन
मुख्य समाचार

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

काठमाडौं । नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

एमाले पुनर्जागरण अभियानले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न तत्काल छलफल, समीक्षा र निर्णयको प्रक्रिया अघि बढाउन माग गरिएको हो । पत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल, अध्ययन तथा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामले पार्टीले जनताको विश्वास गुमाउँदै गएको कठोर सन्देश दिएको उल्लेख छ । निर्वाचनमा भएको पराजयको समीक्षा गरी त्यसबाट पाठ सिक्दै पार्टीलाई पुनर्जीवन दिन र जनतामा नयाँ आशा तथा विश्वास पैदा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

Ncell
Extreme Energy

पार्टीभित्रको कमजोरी, बदलिँदो भू–राजनीतिक परिस्थिति तथा प्रविधि र एल्गोरिदमको प्रभावसमेत वर्तमान अवस्थाका कारण रहेको पत्रमा उल्लेख छ । त्यस्तै सरकारका कतिपय नीतिगत अन्योल र शासन सञ्चालनमा देखिएको अपरिपक्वताले राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाका विषयमा चिन्ता बढाएको दाबी गरिएको छ । छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध थप जटिल बन्दै गएको र जनताको दैनिक जीवनसमेत थप कष्टकर बन्दै गएको पत्रमा उल्लेख छ ।

एमालेले यसअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि १६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले जेठ ३० देखि असार २३ गतेसम्म सातै प्रदेशमा १३ वटा क्लस्टरमा सुझाव संकलन गरेको र असार २५ गते बसेको बैठकले संयोजक तथा सदस्य–सचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको पत्रमा उल्लेख छ । प्रतिवेदन तयार भइसकेको जानकारीसमेत सञ्चारमाध्यमबाट सार्वजनिक भएको जनाइएको छ ।

तर कार्यदलको प्रतिवेदन तयार भइसकेपछि पनि पार्टीका महत्वपूर्ण निकायको बैठक नबोलाइएको भन्दै पत्रमा असन्तुष्टि जनाइएको छ । यसले पार्टी पंक्तिमा थप अन्योल र निराशा सिर्जना गरेको उल्लेख गर्दै ढिलाइ नगरी कमिटीको बैठक बोलाएर सामूहिक छलफल, समीक्षा र निर्णयमार्फत पार्टीलाई निकास दिनुपर्ने माग गरिएको छ ।

पत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसाली प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल, अध्ययन तथा सार्वजनिक गर्नुपर्ने, केन्द्रीय सचिवालयको बैठक तत्काल बोलाउनुपर्ने र केन्द्रीय कमिटीको बैठक अविलम्ब आयोजना गर्नुपर्ने माग गरिएको छ ।

WhatsApp-Image-2026-08-12-at-15.28.55-1786528676.jpeg
 

त्यस्तै निर्वाचनमा भएको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गर्न, पार्टीलाई शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्संरचनाको ठोस खाका निर्माण गर्न तथा नेता–कार्यकर्ताको मनोबल उठाउँदै जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न माग गरिएको छ ।

आठबुँदे मागमा कमिटी प्रणाली, सामूहिक निर्णय र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउनुपर्ने तथा पार्टीलाई नयाँ ऊर्जा, नयाँ कार्यशैली र नयाँ विश्वाससहित पुनर्गठित गर्ने दिशामा तत्काल ठोस पहल गर्नुपर्ने उल्लेख छ ।

पत्रमा एमालेभित्रको समस्याको समाधान पार्टी बाहिर नभई पार्टीभित्रको विधिसम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित सामूहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै सम्भव हुने निष्कर्ष निकालिएको छ । ‘व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति, लाभभन्दा आत्मसमीक्षा र जडताभन्दा रूपान्तरण’ अहिलेको आवश्यकता भएको पत्रमा उल्लेख छ ।

पत्रको अन्त्यमा केन्द्रीय कमिटीको बैठक ढिला नगरी बोलाएर निर्णय समीक्षा गर्न, कमजोरी सच्याउन, पार्टीलाई पुनर्गठित गर्न र जनताको विश्वास पुनःअर्जन गर्न आग्रह गरिएको छ । पत्रमा ‘रूपान्तरण र पुनर्गठनका लागि पुनर्जागरण अभियान–२०८२’ अघि बढाउनसमेत माग गरिएको छ ।

एमालेमा नेपाल बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, रोशन बस्नेत, नवीना लामालगायत नेताहरूले पुनर्जागरण अभियान चलाएका छन् । शीर्ष नेताहरूसँग अनौपचारिक छलफल गर्दै पुनर्गठनको पक्षमा उभिन दबाब सिर्जना गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म अल्झिने र निर्धारित लक्ष्यअनुसार प्रगति नहुने समस्या समाधान गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष अनुगमन संयन्त्र बनाएको छ ।
बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।