नेभिगेशन
मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता देवराज चालिसेले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार पछिल्ला केही दिनयता कांग्रेसको केन्द्रीय समिति निरन्तर बसिरहेको छ । समसामयिक विषयमा धारण सार्वजनिक गरिरहेको छ । 

Extreme Energy

सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा आज २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बुधबार पनि बसेको बैठकले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए । 

उनले देशको आर्थिक विकास, उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई कमजोर बनाउन नहुने कांग्रेसको धारणा छ । सो पार्टीले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा पनि जोड दिएको छ  । 

कांग्रेसले लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै