नेभिगेशन
मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता देवराज चालिसेले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार पछिल्ला केही दिनयता कांग्रेसको केन्द्रीय समिति निरन्तर बसिरहेको छ । समसामयिक विषयमा धारण सार्वजनिक गरिरहेको छ । 

Ncell
Extreme Energy

सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा आज २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बुधबार पनि बसेको बैठकले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए । 

उनले देशको आर्थिक विकास, उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई कमजोर बनाउन नहुने कांग्रेसको धारणा छ । सो पार्टीले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा पनि जोड दिएको छ  । 

कांग्रेसले लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।