नेभिगेशन
मुख्य समाचार

१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब १० महिनापछि कांग्रेस नेताहरूसँग एउटै सार्वजनिक मञ्चमा देखिएका छन् ।

पछिल्लोपटक २०८२ असोज २८ गते सभापतिको हैसियतमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका देउवा शुक्रबार आफू पक्षको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सार्वजनिक मञ्चमा देखिएका हुन् । पाँच महिनापछि नेपाल फर्किएका देउवाको बिहीबार संस्थापनइतर समूहले भव्य स्वागत गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्ष असोज २८ गतेको केन्द्रीय समिति बैठकपछि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । त्यसपछि देउवा पार्टीका औपचारिक कार्यक्रममा देखिएका थिएनन् । जेनजी आन्दोलनका क्रममा उनीमाथि कुटपिट भएपछि सक्रिय राजनीतिक गतिविधिबाट टाढा रहने अनुमान गरिएको थियो ।

Extreme Energy

यद्यपि, देउवाले निवासमै विभिन्न राजनीतिक भेटघाट भने जारी राखेका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, कांग्रेस (बीपी)का अध्यक्ष सुशीलमान शेरचनलगायत नेतासँग भेट गरेका थिए ।

यसबीच कांग्रेसमा विशेष महाधिवेशनसमेत भयो । पुसमा भएको विशेष महाधिवेशनमा देउवालाई निम्तो गरिए पनि उनी सहभागी भएनन् । त्यसपछि गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भए । माघमा थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

त्यसपछि देउवा थप निष्क्रिय देखिएका थिए । उपचारका लागि भन्दै उनी फागुन तेस्रो साता चुनावको मुखैमा सिंगापुर गएका थिए । करिब पाँच महिनापछि नेपाल फर्किएका देउवाको बिहीबार संस्थापनइतर समूहले स्वागत गरेको थियो ।

शुक्रबार राष्ट्रिय भेलामा सहभागी हुँदै देउवा फेरि सार्वजनिक राजनीतिक मञ्चमा देखिएपछि कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ । पार्टीभित्र दुई समूहबीच विवाद चर्किरहेका बेला देउवाको पुनरागमनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

रोचक पक्ष के छ भने गत असोजमा देउवा सभापतिको हैसियतमा सानेपास्थित केन्द्रीय समिति बैठकमा सहभागी हुँदा तत्कालीन महामन्त्री गगनकुमार थापाको समूह पनि उनीसँगै थियो । अहिले भने कांग्रेसकै नाममा देउवा र थापा पक्षले छुट्टाछुट्टै कार्यक्रम गर्नुपर्ने अवस्था बनेको छ ।

शुक्रबारको भेलामा देउवासँग पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेताहरू एउटै मञ्चमा देखिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Deuba-After-10-months-Photos_NPL-(3)-1786703047.jpeg

Deuba-After-10-months-Photos_NPL-(4)-1786703047.jpeg

Deuba-After-10-months-Photos_NPL-(2)-1786703047.jpeg

Deuba-After-10-months-Photos_NPL-(8)-1786703046.jpeg

Deuba-After-10-months-Photos_NPL-(6)-1786703046.jpeg

Deuba-After-10-months-Photos_NPL-(5)-1786703046.jpeg

Deuba-After-10-months-Photos_NPL-(7)-1786703046.jpeg

Deuba-After-10-months-Photos_NPL-(9)-1786703045.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।

भर्खरै