नेभिगेशन
पूर्वाधार

१० वर्षमा ८ अर्ब ९६ करोड खर्चंदा कति बन्यो बेनी–जोमसोम–कोरला सडक ?

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय बेनी–जोमसोम–कोरला सडकमार्ग निर्माणका लागि पछिल्लो १० वर्षमा ८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

कालिगण्डकी करिडोर कोरला सडक योजनाका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म उक्त रकम खर्च भएको हो । योजनाको साविक लागत अनुमान १० अर्ब ५६ करोड रुपैयाँ रहेकोमा हालसम्म ८ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

योजनाको पछिल्लो संशोधित लागत अनुमान भने १५ अर्ब रुपैयाँ पुगेको छ । संशोधित लागतअनुसार बेनी–जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ ।

Ncell
Extreme Energy

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको कोरला सडकको पछिल्लो संशोधित सम्पन्न अवधि आर्थिक वर्ष २०८८/८९ सम्म कायम गरिएको छ ।

सुरुमा बेनी–जोमसोम ७४ किलोमिटर सडकलाई चार खण्डमा कालोपत्र र जोमसोम–कोरला ११९ किलोमिटर सडकलाई सात खण्डमा ग्राभेल गर्ने गरी आयोजना अघि बढाइएको थियो । पछिल्लो समय सडकसँगै पुल, पहिरो रोकथाम तथा अन्य संरचनाका योजना पनि थपिएका छन् ।

२०२ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य

कोरला सडक योजनाले पर्वतको मालढुङ्गादेखि नेपाल–चीन उत्तरी कोरलानाकासम्मको २०२ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गर्नुपर्ने लक्ष्य राखेको छ ।

योजनाका अनुसार गत आर्थिक वर्षको असारसम्म मालढुङ्गादेखि कोरलासम्म ९० किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक थप स्तरोन्नति गरी कालोपत्र गर्न दुई अर्ब रुपैयाँभन्दा बढीको ठेक्का आह्वान भइसकेको योजना प्रमुख शर्माले बताए ।

चालु आर्थिक वर्षमा म्याग्दीको सिरुबारीस्थित पहिरोग्रस्त क्षेत्रमा ५०० मिटर सडक कालोपत्रका लागि ठेक्का आह्वान गर्ने तयारी छ । म्याग्दीको राहुघाट जलविद्युत् आयोजना रहेको क्षेत्रमा ३०० मिटर सडक जलविद्युत् कम्पनीले नै कालोपत्र गर्ने पूर्वसहमति भएको छ ।

त्यस्तै, म्याग्दी–मुस्ताङ सीमाक्षेत्र थासाङ–४ घाँसामुनिको खहरे खोलामा करिब ५०० मिटर सडक कालिगण्डकी गर्ज हाइड्रोपावर कम्पनीले कालोपत्र गर्नेछ ।

पर्वतको मालढुङ्गादेखि बेनीसम्मको सडकमा भने करिब ७०० मिटर कालोपत्र गर्न बाँकी रहेको शर्माले बताए ।

२६ पुलमध्ये १८ निर्माण सम्पन्न

कोरला सडक योजनाअन्तर्गत मालढुङ्गादेखि कोरलानाकासम्म २६ वटा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्म १८ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

चारवटा पुल निर्माणाधीन अवस्थामा छन् भने आवश्यक थप चार पुलका लागि बजेट विनियोजन हुन बाँकी छ ।

निर्माण गर्न बाँकी पुलमध्ये मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित ताङ्वे खोला र वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनी खोला, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोला तथा तातोपानीस्थित भुरुङ खोलाका पुल छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।