नेभिगेशन
मुख्य समाचार

केही अवाराहरू पार्टी अफिसको क्यान्टिनमा चियासमोसा खाँदै मलाई हटाउन लागेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनर्गठन पक्षधरप्रति फेरि आक्रामक बनेका छन् । शनिबार इलाम पुगेका अध्यक्ष ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूलाई ‘आवारा’को संज्ञा दिए ।

‘अब उप्रान्त हामीले त्यस्तो कुरा रोक्नु पर्छ । अहिले अनुशासनहीनता देखा परेको छ । अराजकता देखापरेको छ । ख्यालख्याल जस्तो गरेर, पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवारा.....अध्यक्ष हटाउने कुरा  मानिलिउँ ख्याल हो, ठट्टा हो, जस्तो गरेर...अध्यक्षलाई हटाउने !,’ उनले भने, ‘पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएको छ । पार्टी अध्यक्ष हटाउने । चिया बनाऊ त बहिनी त्यहाँ भनेको छ । चिया बनाउन लगाएको छ ।  चिया यसो खाएको छ । अलिकति समोसा पनि खाएको छ । अध्यक्ष हटाउने ! कहिले हटाउने हो ? ढिलो भयो, छिटो हटाइदिउँ न । के मजाक हो त्यो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस्तो गतिविधिलाई अराजकताको संज्ञा दिए । एकाथरि हस्ताक्षर गर्दै हिँडेको पनि उनले बताए ।

Ncell
Extreme Energy

‘कोही हस्ताक्षर गर्दै हिडेका छन् । यसका पछाडि केही दम छैन । न पार्टीको तरिका न विधान,’ उनले भने ।

गत पुसमा मात्रै महाधिवेशन भएको बताउँदै उनले विशेष महाधिवेशनको सम्भावना पनि नकारे ।

‘अस्ति महाधिवेशन भएको छ । हामी सबैलाई थाहा छ । हामी आफै पनि सहभागी भयौं होला । आफै केन्द्रीय सदस्य छानिएका हौंला । छान्ने थुप्रै हौंला । महाधिवेशनमा । पार्टीको एउटा विधि हुन्छ, प्रक्रिया हुन्छ  । समय हुन्छ, कतिबेला के गर्ने ?’ उनले भने ।

जतिबेला विरोधीले तीव्र प्रहार गरेको छ, पार्टीलाई झेल्न मुल्सिकल भइराखेको छ, त्यतिबेलौ पार्टी एकजुट, एकताबद्ध भएर सामना गर्नुपर्ने ठाउँमा अध्यक्ष हटाउन लागिएको भन्दै उनले रोष प्रकट गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...